भर्खरै

तेह्रथुमको आइपीओ भर्ने आज अन्तिम दिन

  • प्रकाशित मिति : आइत, भदौ १३, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, भदौ । गत बुधबार देखि सर्वसाधारणका लागि खुल्ला गरेको तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमा आवेदन दिने आज साँझसम्म दिन सकिने छ । 
पछिल्लो समय आइपीओ भर्नेको संख्या निकै नै बढीरहेको छ । यस कम्पनीको आइपीओमा सर्वसाधारणले शेयर भर्न उत्साहजनक सहभागिता देखाएको छ । कम्पनीले सय रुपैयाँमा अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
 
कम्पनीका अनुसार सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको भन्दा बढी शेयर आवेदन परेको छ । कम्पनीले तेह्रथुममा सञ्चालित ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको शेयर निष्कासन गरेको हो ।
कम्पनीले निष्कासन भएको शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता  सेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईविएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत ११ गते शेयर निष्कासन अनुमति पाएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago