भर्खरै

मध्यभोटेकोशीको काम ९ वर्षमा ६५ प्रतिशत, एक वर्षमा सक्ने दावी

  • प्रकाशित मिति : आइत, भदौ ६, २०७८
  • - Admin
title

सिन्धुपाल्चोक, ६ भदौ । सिन्धुपाल्चोक जिल्लामै सबैभन्दा ठूलो १०२ मेघावाट क्षमताको मध्यभोटेकोशी जलबिद्युत आयोजना नौ वर्षमा ६५ प्रतिशत काम सम्पन्न भएको छ । चिलिमे जलबिद्युत आयोजनाको अगुवाईमा सन २०१३ मा शुरु भएको उक्त आयोजना २०१६ मा सक्नुपर्ने भए पनि अझै एक बर्ष लाग्ने सो आयोजनाका सूर्यनाथ भूर्तेलले जानकारी दिनुभएको छ ।
 
उक्त आयोजनामा अहिले नेपाली ७० र चिनियाँ १८९ जनाले काम गरिरहेका छन् । ७२४ मिटर लामो सुरुङ मध्य ४१५ मिटर सुरुङ खन्न अझै बाँकी छ । ७५ प्रतिशत बिद्युत गृहको काम र बाँधको ५० प्रतिशत काम सम्पन्न भएको छ । काठमाडौं लगिने माथिल्लो तामाकोशीको २२० केभी सिङगल सर्किट प्रशारण लाइनको सब स्टेशन बाह्बिसेमा रहने हुदाँ आयोजनास्थलबाट बाहेबिसेसम्म चार किलोमिटर प्रशारण लाइनको प्रक्रिया शुरु भएको छ । यसको लागि आवश्यक पर्ने १३ वटा टावर मध्य ८ वटा टावर वनक्षेत्रमा रहने हुदाँ वन तथा वातारण मन्त्रालयसंग रुख कटानको स्वीकृत आउने प्रक्रियामा रहेको आयोजनाले बताएको छ ।
 
पाँचवटा टावर ब्यक्तिको जग्गामा परेकोले मुआब्जा दिने प्रक्रिया शूरु भएको छ । २०७२ सालको भूकम्प, भारतीय नाकाबन्दी, कोभिड, बाढपिहिरोका कारण आयोजनाका काम धकेलिएदै आएको उहाँले बताउनुभएको छ । जुरे पहिरोका कारण उपकरण ल्याउन कठिनाई, कोभिड १९ बाट आयोजनामा काम गर्ने मजदुर र भोटेकोशी नदीमा बाढीका कारण पनि आयोजनमा निमार्णमा ढिलाई भएको सो आयोजनाले जनाएको छ । उक्त आयोजना १४ अर्ब ५० करोड रुपियाँ स्वदेशी लगानीमा निमार्ण भईरहेको छ । सो आयोजना चिनियाँ कम्पनी ग्वाङसी हाइड्रो इलेक्ट्रिकल कन्स्ट्रक्सन ब्यूरो र भारतीय आष्ट्रिया एण्डिज हाइड्रोले निमार्णका काम गरिरहेको छ । –गोरखापत्र दैनिक

प्रतिक्रिया