भर्खरै

मादीको ६५० घरमा दुई महिनापछि बल्यो बिजुली

  • प्रकाशित मिति : आइत, साउन ३१, २०७८
  • - विद्युत संसार संवाददाता
title

कास्की, ३१ साउन । दुई महिना पहिले बाढीले क्षति पु¥याएपछि कास्कीको मादी गाउँपालिका–१ पर्चे र खिलाङमा गाउँ नै अन्धकार बन्यो । यसभन्दा पहिले स्थानीय जलविद्युत् र पछि सिक्लेस हाइड्रोपावरबाट उत्पादन गरिएको बिजुली गाउँमा बाल्दै आइरहेको थियो । तर पर्यटकीय गन्तव्यसमेत रहेको उक्त गाउँ असार १ गते राति मादीको सहायक ङच नदीबाट आएको बाढीले जलविद्युतको संरचनामा क्षति पु¥याएपछि विगत २ महिनादेखि गाउँका ६५० घर अन्धकारमा बस्न बाध्य थिए । 
तर शनिबारदेखि ती स्थानीयहरु अँध्यारोबाट मुक्त भएका छन् । किनकी नेपाल विद्युत् प्राधिकरणले त्यहाँ केन्द्रीय प्रसारण लाइनको बिजुली पु¥याएर बिजुली उपलब्ध गराइएको छ ।  
गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले शनिबार सामुहिक मिटर बक्सको स्वीचअन गरी लाइनको शुभारम्भ गरेका थिए । सबै घरमा मिटर जडान गर्न समय लाग्ने भएकाले तत्कालका लागि एउटा सामुहिक मिटर राखेर पुरानो संरचनाबाट ६५० घरमा नै बिजुली बालिएको उनको भनाइ थियो ।
 
अध्यक्ष गुरुङका अनुसार ‘बाढीले क्षति पु¥याएकाले दुई महिना जनताले दुःख पाए पनि शनिवारदेखि विद्युत् प्राधिकरणसँगको समन्वयमा सिक्लेस, पार्चे तथा खिलाङ गाउँमा केन्द्रीय प्रसारणको बिजुली पुगेको र सबैको निरन्तर मेहेनत र सहकार्यबाट गाउँमा बत्ती बाल्न सफल भएको बताए ।
 
बिजुली अभावका कारण स्थान्यको दैनिकी सँगै वडा कार्यालय, बैंक, सहकारी, एक्याप कार्यालयको सेवा प्रवाहमा समेत असर परेको थियो । गाउँमा मोबाइल चार्जको समेत समस्याले सञ्चार सम्पर्क गर्न समेत कठिनाइ भएको थियो । 

प्रतिक्रिया