भर्खरै

सुन्दर यातायातको योजना : दुई वर्षमा ५ सय विद्युतीय बस सञ्चालन गर्ने

  • प्रकाशित मिति : बुध, साउन २७, २०७८
  • -
title

काठमाडौं, साउन । सुन्दर यातायात प्रा.लि ले आगामी दुई वर्षभित्र नेपालका ठूला मुख्य शहरमा ५ सय विद्युतीय बस सञ्चालनमा ल्याइने योजना तयार गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी काशिस ई मोबिलिटी प्रा.लि. ले आयात तथा उत्पादन गरेको विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको हो ।
 
प्रा.लि ले ५ सय विद्युतीय बस खरिदका लागि काशिस कम्पनीसँग सम्झौता गरेको छ । सम्झौताअनुसार आगामी दुई वर्षभित्र नेपालका मुख्य शहरमा ५ सय विद्युतीय बस ल्याउने तयारी भएको र २ महिनाभित्र २० वटा बस नेपालमा सञ्चालन गरिने ट्रेडर्सका अध्यक्ष भेष बहादुर थापाले बताए ।
थापाका अनुसार आपूर्ति र प्राविधिक सहयोग काशिस कम्पनीले नै गर्नेछ । यस कम्पनीले जर्मन प्रविधियुक्त युरा बस आपूर्ति गर्दै आएको बताउँदै त्यहाँबाट आयात गरिने विद्युतीय बसको भुक्तानी अवधि ८ वर्षको हुने पनि थापाले बताए ।
 
ती ५ सय बसमध्ये सय वटा तयार भएका विद्युतीय बस आयात गरिनेछ भने बाँकी, आवश्यक सामाग्री ल्याएर रुपन्देहीको सैनामैनामा निर्माण सुरु हुन लागेको एसेम्बल प्लान्टबाट उत्पादन गरिनेछ ।
आयात गरिने तयारी विद्युतीय बसमध्ये अबको ६० दिन (दुई महिना) भित्र २० वटा आइपुग्ने र बाँकी ८० वटा विद्युतीइ बस विस्तारै थप गर्दै जाने र चार्जिङ पोर्टहरू पनि काशिस कम्पनीले नै उपलब्ध गराउने अध्यक्ष थापाले बताए । 
चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनी चीनबाट गाडीका पार्टपुर्जा ल्याएर एसेम्बल गर्दा एउटा बसमा कम्तीमा २० देखि २२ लाख रूपैयाँ सस्तो पर्ने छ । एसेम्बल प्लान्टको डीपीआर ८० प्रतिशत तयार भइसकेकाले अब छिटै टेण्डर (ठेक्का) प्रक्रियामा जाने पनि थापाले बताए । एसेम्बल प्लान्टको निर्माण सम्पन्न गर्न ८ अर्ब ५० करोड देखि ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
 
सुन्दर यातायातले अहिलेसम्म ट्रेडर्सले ७ वटा विद्युतीय बस ल्याइसकेको छ । जसमध्येमा ४ वटा चक्रपथमा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया