राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश

  • प्रकाशित मिति : मंगल, साउन २६, २०७८
  • - रासस
title

काठमाडौँ २६ साउन  । राष्ट्रियसभामा “रेल्वे विधेयक, २०७६” सम्बन्धी प्रतिवेदन पेश गरिएको छ । 
 
विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन । यस्तै गुरुङले “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश गरे । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७” राष्ट्रियसभा समक्ष पेश गरे ।

प्रतिक्रिया