भर्खरै

विद्युत् सर्ट हुँदा घर जलेर लाखौँकोे क्षति

  • प्रकाशित मिति : बुध, साउन २०, २०७८
  • - रासस
title

कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युतको तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो ।
 
विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खाडाले जानकारी दिए । “घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो”, उनले भने, “घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।”
 
आगलागीबाट मानवीय क्षति नभए पनि लाखौ रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खाडाले बताए । उनले भने, “घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन् ।” घर जलेर नष्ट भएपछि सहदेवको छ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago