भर्खरै

विद्युत् आपूर्ति समस्याले उत्पादन घट्ने

  • प्रकाशित मिति : मंगल, साउन १९, २०७८
  • - रासस
title
विराटनगर, साउन । विद्युत् आपूर्ति अनियमित भइरहेकाले उत्पादनमा कटौती गरेको उद्योग व्यवसायीले गुनासो गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सो गुनासो गर्दै नेपाल विद्युत् प्राधिकरणको प्रदेश नं १ का प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारी र विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहीवारसँगको छलफलमा  कटहरी गाउँपालिका एवं मोरङ–सुनसरी औद्योगिक कोरिडोरका विद्युतसम्बन्धी समस्याबारे छलफल भएको हो । 
 
अध्यक्ष मुन्दडाले मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रमा ३३ केभिएलाइन जडान रहे तापनि हाल विद्युत् आपूर्तिमा हुने गरेको ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्युत् आपूर्तिका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको तथा अधिकांश उद्योगले उत्पादन कटौती गर्न बाध्य भएको समस्या बताए ।
 
विद्युत् ट्रिपिङ एवं भोल्टेजको अस्थिरताबाट उद्योगका विद्युतीय उपकरणमा क्षति पुग्ने, उत्पादनको प्रक्रियामा रहेका एवं आवश्यक तापक्रम कायम गरी राखिएका कच्चा पदार्थ खराब भई खेर जाने तथा पुनःप्रक्रियामा ल्याउनु पर्ने आदि समस्याबाट उद्योगलाई ठूलो व्ययभार थपिने गरेको जानकारी दिए । 
 
वर्षायाममासमेत विद्युत् आपूर्तिमा कमी हुने गरेको, मर्मत सम्भारका कार्य सुस्त गतिमा हुने गरेको, विद्युत् प्राधिकरणबाट पूर्व सूचनाबिनै पटकपटक विद्युत् कटौती हुने गरेको समस्या विद्यमान रहेको जानकारी दिँदै अध्यक्ष मुन्दडाले विद्युत् आपूर्तिमा हुने गरेका त्यस्ता समस्याका कारण समग्र कोरिडोरकै उत्पादकत्वमा ह्रास आई अर्बौको निर्यात प्रभावित भएको र राजस्वसमेत गुमिरहेको बताए ।
 
 उहाँले  विद्युत् महुसुुल र डिमाण्ड शुल्कको दरमा लगातार वृद्धिका कारणसमेत उद्योगको लागत खर्च बढेको र त्यसको भार उपभोक्ता वर्गलाई समेत परिरहेकले प्राधिकरणले विद्यमान समस्याको शीघ्र समाधानका लागि ठोस् कदम चाल्नुपर्ने र औद्योगिक उत्पादनका लागत खर्च न्यूनीकरण हुने गरी गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । उद्योगी  र व्यापारीको समस्यामा प्राधिकरणले छिट्टै योजनासहित अघि बढ्ने प्राधिकरण प्रमुखले आश्वासन दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago