भर्खरै

पेट्रोलियम पाइपलाइनमा रबरका टुक्रा जमेपछि मर्मत सुरु, मर्मत गर्न तीन साता लाग्ने

  • प्रकाशित मिति : शुक्र, साउन १५, २०७८
  • - विद्युत संसार
title

काठमाडौं १५ साउन । नेपाल भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा रबरका टुक्रा जमेको पाइएपछि मर्मत सुरु गरिएको छ । 
 
पेट्रोलियमको आपूर्ति फ्लो कम भएपछि  अमलेखगञ्ज डिपोबाट झण्डै २० किलोमिटर पर पर्साको परवानीपुरमा रहेको भल्बमा रबरका टुक्रा जमेको पाइएपछि मर्मत सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ ।
समस्या देखिएको भल्बबाट ६ सय मिटर वर परबाट बाइपास गरेर तेल आपूर्ति सहज बनाएर बुधबारदेखि पाइपलाइन मर्मत थालिएको हो । निगमका अनुसार  पाइपलाइन मर्मत गर्न तीन साता लाग्नेछ ।  पाइपलाइनमा पहिलो पटक समस्या देखिएको हो ।

प्रतिक्रिया