खनखन पैसा दिउँला, बत्ती चाहियो भन्दा त कर्णालीमा बत्ती दिन सकेको छैन निःशुल्क बत्तीको कुरा नगर्नुस् : सांसद महत

  • प्रकाशित मिति : मंगल, साउन १२, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, साउन । प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले नवनियुक्त ऊर्जामन्त्री पम्फा भुसालले गरिब तथा सीमान्तकृत जनताका घरमा निःशुल्क विद्युत् वितरण गर्ने भनेर दिइरहेको अभिव्यक्तिप्रति व्यंग्य गरेका छन् ।
 
प्रतिनिधि सभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै सांसद महतले कर्णालीमा पैसा तिर्न खोज्दा पनि बिजुली नपुगेकाले निःशुल्क बिजुलीको कुरा नगर्न आग्रह गरेका हुन् ।
 
सांसद महतले भने, ‘हिजोआज समाचारमा हाम्रो मन्त्रीज्यूले गरीबलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सोचेका छन् । सस्तो लोकप्रियताका लागि झट्ट हेर्दा यो शब्द निकै नै लोकप्रिय जस्तो लाग्छ तर पछि यहि शब्द जिब्रोको पासो हुने उनको भनाई छ । 
 
प्रतिनिधि सभामा बोल्दै जाने क्रममा सांसद महतले यो पनि थपे कि भर्खरै हामीले एउटा गफाडी सरकारलाई बिदा गरेका छौं, अब अर्काे सरकार पनि गफाडी हुने हो कि चिन्ता लागेको छ । किनभने हामी असाध्यै अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा समेत तर्सिन्छ भनेझै हामी भूतले खाजा खाने बेला माननीय भएछौं यो सरकारले गर्दा हामीले यो लोगो समेत लुकाएर हिँड्नुपरेको छ ।’
 

प्रतिक्रिया