भर्खरै

स्तरीय विद्युत सेवा उपलब्ध गराउन तत्पर छौं : ऊर्जामन्त्री भुसाल

  • प्रकाशित मिति : सोम, साउन ११, २०७८
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं, साउन ।  ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले हरेक जनताका घरमा स्तरीय विद्युत सेवा उपलब्ध गराउन सरकार तत्पर रहेको बताएकी छिन् ।
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघको १७ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित भर्चुअल कार्यक्रमको सम्बोधन गर्दै प्राधिकरण र सामुदायिक संस्थाहरुसँग सहकार्य गरेर गुणस्तरीय विद्युत सेवा पु¥याउन सरकार तत्पर रहेको मन्त्री भुसालले बताएकी हुन् । 
 
सामुदायिक विद्युतीकरण राष्ट्रिय महासंघले आफ्नो स्थापनाकाल देखिनै गर्दै आएको कार्यप्रति सम्मान व्यक्त गर्दै आमजनताको पहुँचमा विद्युत सेवा पु¥याउने उद्धेश्यले स्थापना भएको यस संस्थाले ग्रामिण क्षेत्रको विद्युत सेवा विस्तारमा महत्वपूर्ण योग्दान पु¥याएको बताए ।
 
ग्रामिण विद्युतीकरण, रोजगारीको सिर्जना, महिला सशक्तिकरण, विद्युतीय चुलोको प्रवद्र्धन, जनताको पहँुचमा विद्युत सेवा लगायत उपयुक्त कार्यक्रम ल्याएकोप्रति खुसी व्यक्त गरे ।  उनले भने यसरी काम गर्दै जाँदा पनि सामुदायिक संस्थाहरु माथि उपभोक्ताले पाउने सेवामा ढिलासुस्ती भएको, ग्रामीण भु–भागमा गुण्स्तरीय सेवा हुन नसकेको, विद्युतीय सुरक्षामा ध्यान नदिएको भन्ने जस्ता आम गुनासो आउने गरेको कुरामा महासंघले विशेष ध्यान जाने भन्दै आगामी दिनमा सरकारपनि अझैं धेरै सहकार्य गरेर विद्युत सेवा पु¥याउन काम गर्ने प्रतिबद्धता समेत गरे ।  
कार्यक्रममा सामुदायिक विद्युतीकरण राष्ट्रिय उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीले विद्युत पु¥याउने काम प्राधिकरणको रहेतापनि प्राधिकरणको प्राथमिकतामा ग्रामीण क्षेत्र नपर्ने हुँदा दुर्गम गाउँका स्थानीयहरुलाई पनि विद्युतबाट वञ्चित नगराउनका निम्ति २०६० सालबाट सामुदायिक विद्युतीकरण सुरु भएको बताए । 
 
उनले सामुदायिक विद्युतीकरणको कार्यक्रम सञ्चालन गरेको आज १८ वर्ष भएको अवधिसम्म विद्युतीकरणको कार्यक्रम ५५ जिल्लाका ३०२ सामुदायिक संस्थामार्फत ५५ लाख भन्दा बढी घरमा विद्युतको पहुँच पु¥याउन सफल भएको उनको भनाई छ । विद्युतीकरणकै क्रममा विद्युतीय ऊर्जाको उपयोगमा आधारित रोजगारी सिर्जना गरेर प्रत्यक्ष र अप्रत्यक्ष गरेर करिब ७ हजार भन्दा बढीले समुदाय स्तरमा नै रोजगार प्राप्त गरेको छ । संस्थाले सामुदायिक संस्थामार्फत ग्रामिण क्षेत्रमा १५ प्रतिशत विद्युतको पहुँच पु¥याइएको र विद्युतीय चुल्हो राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन र प्रवद्र्धन गरेर जिआईजेड÷एण्डेभको सहयोगमा काभ्रे र स्याङजामा १५ सय चुल्हो प्रवद्र्धन गरेको ज्ञवालीको भनाई छ ।  कार्यक्रममा बोल्दै उनले विकट क्षेत्रमा विद्युतीकरण गरी जनतामा विद्युतको पहुँच विस्तार गरेपनि व्यवस्थापन गर्न कठिन भएकोले स्वयमसेवीको भावनाले काम गर्नुपर्दा संस्थाको दिगोपनामा समस्या भएको बताए । 
 
यस्तै सरकारले तोकेको दरमा प्राधिकरणसँग विद्युत खरिद गर्नुपर्ने तथा तोकेकै दरमा बिक्रि गर्नुपर्ने भएकोले खरिद दर भन्दा बिक्रिदर सस्तो हुन जाने, १० वर्ष को वारेण्टीमा काठे पोल राखेपनि १/२ वर्षमा नै भाँचिने भएकोले पुनः मर्मत गर्न कानुनी समस्या हुने, संस्थाको क्षमता विना ११ के.भी को लाइन जिम्मा लगाई सामुदायिक भावना विपरित कार्य भएको र प्राविधिक चुहावट बोक्न समुदायलाई बाध्य पारिएको लगायतका समस्याहरु भइरहेकोले समाधानका लागि सरकारसँग पहल गरिदन आग्रह गरेका छन् ।    
 
त्यस्तै विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले नेपाल भौगोलिक हिसाबले ग्रामीण तथा विकट क्षेत्रमा विद्युत पु¥याउन कठिनाई भएको नेपाल सरकारले सामुदायिक संघ–संस्थाहरुको सहकार्यमा प्राधिकरणको सिस्टमबाट विद्युत वितरण गर्ने महासंघको कार्य सर्हानिय रहेको बताउँदै सामुदायिक संस्थाहरु कै कारण अप्राविधिक चुहावट घटेको बताए । 
 
त्यस्तै कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १७ औं वर्ष पार गरेकोमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि विकट बस्तीहरुमा स्तरीय विद्युत सेवा पु¥याउन अझै बढी सफलता मिलोस र यस कार्यमा प्राधिकरणले पनि सहकार्य गर्ने बताए । 

प्रतिक्रिया