भर्खरै

बाग्मतीमा बग्ने ’ढलको पानी’बाट ४२ मेगावाट बिजुली निकालिँदै, आयोजनाको बाँध उपत्यकामै रहने

  • प्रकाशित मिति : बिही, साउन ७, २०७८
  • -
title
काठमाडौं । काठमाडौं उपत्यकाबाट निस्कने ढलको पानीबाट ४२ मेगावाट विद्युत उत्पादन गरिने भएको छ । 
बाग्मती नदीबाट यस बराबरको विद्युत निकाल्ने गरी ’सुपर लोअर बाग्मती जलविद्युत आयोजना’ निर्माण हुने भएको हो । बाग्मतीको पानीबाट विद्युत उत्पादन गर्ने भनिए पनि अहिले यस नदीमा अधिकतर काठमाडौंको ढलको पानी बग्छ ।
 
यसकारण बाग्मती नदीको ढलको पानी मुख्य स्रोत रहने छ यो आयोजनामा । यसमा कुलेखानी नदीबाट निस्कने पानी समेत प्रयोग गर्न मिल्छ । तर कुलेखानी नदीको पानी भने जलाशयमा जम्मा हुने हुँदा सधैं र सहजै उपलब्ध हुँदैन । यसकारण कुलेखानीको पानी यसमा प्रयोग नहुने कम्पनीका कार्यकारी निर्देशक अमृत महर्जनले बताए ।
 
यसअघि पनि वाग्मतीमा माण्डु हाइड्रोपावरले २२ मेगावाट क्षमताको ’बाग्मती नदी जलविद्युत आयोजना’ निर्माण सम्पन्न भइ करिब २८ महिनाअघि नै सञ्चालनमा आइसकेको छ । यो सहित वाग्मती नदीमा दोस्रो आयोजना निर्माण हुन लागेको हो ।
 
सुपर बाग्मती हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाले अहिले विस्तृत अध्ययन सकेर निर्माण अनुमति माग्दै विद्युत विकास विभागमा निवेदन दिएको छ ।
 
साढे ६ किलोमिटर मुख्य सुरङसहित ८ किलोमिटरभन्दा बढी सुरुङ मार्ग रहने आयोजनाको बाँध ललितपुरको महाँकाल र वाग्मती गाउँपालिकाको सिमाना ठूलो दुर्लुङ र गिम्दीमा रहनेछ । विद्युत गृह भने मकवानपुरको बाग्मती गाउँपालिकाको बेतिनी र फापरबारी क्षेत्रमा रहनेछ । 
 
सरकारी बजेटमा आयोजनास्थल आसपासमा सडक पुगिसकेकाले आयोजनाले पहुँचमार्ग बनाउन खर्च गर्नु पर्दैन । आयोजनाबाट उत्पादित विद्युत भने २८ किलोमिटर टाढा रहेको चन्द्रनिगाहापुरस्थित सवस्टेशनमा जोड्नेगरी ग्रीड कनेक्सन एग्रिमेन्ट गरिएको छ ।
 
आयोजनाको सुरुङमार्ग निकै लामो र प्रसारणलाइन समेत २८ किलोमिटर बनाउनु परेकाले यसको लागत सुरुवातमै प्रतिमेगावाट २० करोड रुपैयाँमाथि पुग्ने अनुमान गरिएको कम्पनीका कार्यकारी निर्देशक महर्जनले बताए। यद्यपि, पहुँच मार्ग निर्माण गर्नु नपर्ने भएकाले लामो सुरुङ मार्ग निर्माणका बाबजुद यसको प्रतिमेगावाट २० करोड रुपैयाँ आसपासमै आयोजना बन्ने देखिएको उनको भनाइ छ । आयोजनाको समग्र लागत साढे आठ अर्ब रुपैयाँ हाराहारी पुग्ने अनुमान छ ।
 
२०० मिटर हेड तथा क्यु ४० डिजाइन डिस्चार्ज रहने (नदीको ६०% पानी प्रयोग गर्ने, ४०% छोड्ने) गरी बनाउन लागिएको यस आयोजनाबाट वार्षिक २४३ गिगावाट आवर विद्युतीय ऊर्जा उत्पादन हुनेछ । एक गिगावट आवरमा १० लाख युनिट बिजुली हुन्छ । 
 
आयोजनाबाट वार्षिक एक अर्ब ६० करोड रुपैयाँ हाराहारीको विद्युत उत्पादन हुने देखिन्छ । अहिले विद्युत प्राधिकरण निजी क्षेत्रका आयोजनाहरुसँग सुख्खा यामको बिजुली प्रतियुनिट ८.४० रुपैयाँ र वर्षामा ४.८० रुपैयाँको दरले गरिद गर्ने गरी पीपीए गर्दै आएको छ । यसको वार्षिक औसत पीपीए दर युनिटको ६.६० रुपैयाँ हुन्छ । यसअनुसार आयोजनाबाट वर्षभरमा उत्पादन हुने २४ करोड ३० लाख युनिट विद्युत बिक्री गरेर डेढ अर्ब रुपैयाँभन्दा बढी कमाउने देखिएको हो ।
 
२०७४ मा सर्वेक्षण अनुमति पाएको आयोजनाले अध्ययनको सबै काम सकेर आयोजना निर्माणको चरणमा पुगेको हो । आयोजनाबाट उत्पादित विद्युत खरिद सम्झौता (पीपीए) का लागि नेपाल विद्युत प्राधिकरणसँग पहल गरिरहेको आयोजनाले वित्तीय व्यवस्थापनका लागि समेत बैंकहरुसँग छलफल गरिरहेको बताइएको छ । बिजमाण्डु डटकम

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago