भर्खरै

जुम्लालाई तत्काल विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोड्न मन्त्री श्रेष्ठको निर्देशन

  • प्रकाशित मिति : मंगल, साउन ५, २०७८
  • -
title
सुर्खेत । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले जुम्ला जिल्लालाई तत्काल विद्युतको राष्ट्रिय प्रसारणलाइनमा जोड्न निर्देशन दिएका छन् ।
 
नेपाल विद्युत प्राधिकरणसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले जुम्लामा विद्युतको राष्ट्रिय प्रसारणलाइन पु¥याउन आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए ।
 
‘छिमेकी जिल्लासम्म पुगिसकेको विद्युतको प्रसारणलाइन तत्काल जुम्लासम्म पु¥याउन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छु,’ मन्त्री श्रेष्ठले भने, ‘हप्ता १० दिनभित्रमा जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुग्ने अपेक्षा लिएको छु ।’ मन्त्री श्रेष्ठले राष्ट्रिय प्रसारणलाइनका लागि आवश्यक पर्ने विद्युत सामाग्रीहरु खरिदका लागि पनि मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ‘टान्सफर्मरलगायतका विद्युतका सामाग्रीहरु अपुग भएमा प्रदेश सरकारले खरिद गर्छ,’ उनले भने, ‘तपाईँहरु चाँडोभन्दा चाँडो राष्ट्रिय प्रसारणलाइन जुम्लासम्म पु¥याउनुहोस् भनेको छु ।’
 
नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख सुरेन्द्र अग्रहरिले जुम्लालाई राष्ट्रिय प्रसारणलाइनमा जोड्न तिब्रताका साथ काम भइरहेको बताए । ‘कालिकोटसम्म ३३ केभीलाइन पु¥याएका छौं, जुम्लामा लाइन विस्तारको काम भइरहेको छ,’ उनले भने, ‘एक साताभित्र जुम्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेका छौं ।’
 
क्षेत्रीय कार्यालय प्रमुख अग्रहरिले निरन्तरको वर्षाका कारणले काममा समस्या भइरहेको बताए । ‘विभागीय मन्त्रीज्यूको निर्देशन अनुसार चाँडोभन्दा चाँडो जुम्लालाई राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य हाम्रो छ,’ उनले भने, ‘निरन्तरको वर्षाले काममा अवरोध गरिरहेको छ ।’
 
प्राधिकरणका अनुसार एक सातामै दैलेखको दुल्लु सव–स्टेशनमार्फत कालिकोटमा ३३ केभी प्रसारणलाइन पुग्दैछ । कालिकोट सदरमुकाम मान्माबाट जुम्लासम्म तत्कालका लागि ११ केभी प्रसारणलाइन पु¥याउने लक्ष्य प्राधिकरणको छ । मान्मादेखि जुम्ला खण्डको ३५ किलोमिटर खण्डमा विद्युत प्रवाह भइरहेको छ । ‘निरन्तर वर्षा भइराखेपनि बाँकी खण्डमा काम गरिरहेका छौं,’ अग्रहरिले भने, ‘आगामी साताभित्रमा जुम्लालाई राष्ट्रिय प्रसारणलाइनमा जोड्छौं ।’  लोकपथ

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago