भर्खरै

प्राधिकरणले भदौअघि नै होङ्सी सिमेन्टमा बिजुली दिने तयारी, ६७ टावरमध्ये ४५ वटा बनेर तार टाँगियो

  • प्रकाशित मिति : सोम, साउन ४, २०७८
  • - विद्युत संसार
title

काठमाडौं, साउन । नेपाल विद्युत प्राधिकरणले चिनियाँ लगानी रहेको होङ्सी सिमेन्ट उद्योगलाई बिजुली दिने भएको छ ।
 
प्राधिकरणले बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनअन्तर्गतको बिजुली आगामी भदौअघि नै विद्युत् आपूर्ति गरिदिने भएको हो । 
 
उद्योगमा बिजुली पु¥याउन डबल सर्किटसहितको निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको प्रमुख इन्जिनियर हरि पाण्डेले जानकारी दिए ।
 
उनले भने उद्योग मन्त्रालयबाट विनियोजित ५७ करोड रुपैयाँ बजेटबाट काम भइरहेको छ । बर्दघाट सबस्टेसनबाट उद्योग रहेको सर्दीसम्म बिजुली लैजान बनाउनुपर्ने ६७ टावरमध्ये ४५ वटा बनेर तारसमेत टाँगि सकिएको छ ।
 
३६ अर्ब रुपैयाँ लगानीमा सञ्चालित होङ्सीमा पहिलो चरणमा ३२ मेगावाट बिजुलीको माग छ । यसवापत उद्योगले मासिक १५ करोड रुपैयाँ महसुल भुक्तानी गर्नेछ । दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहेपनि पर्याप्त बिजुली आपूर्ति नहुँदा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको छ ।
 
प्राधिकरणले हालसम्म उक्त सिमेन्ट उद्योगलाई मागअनुसारको विद्युत् पु¥याउन सकेको छैन । हाल सम्म विद्युत नपाएकै कारण हाल डिजेल र कोइलाबाट बिजुली उत्पादन गरेर उद्योग सञ्चालन गरिएको छ । यसका लागि दिनमा कम्तिमा ६० हजार लिटर डिजेल खपत हुने गरेको उद्योगले जनाएको छ ।

प्रतिक्रिया