भर्खरै

२५ मेगावाटको सिँगटी जलविद्युत् राष्ट्रिय प्रसारणमा

  • प्रकाशित मिति : आइत, साउन ३, २०७८
  • - Admin
title

काठमाडौँ, साउन । दोलखाको सिँगटी खोलाबाट निकालिएको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
 
निर्माण सम्पन्न भएको करिब १८ महिनापछि सिँगटी–लामोसाँघु प्रसारण लाइनमा जोडिएको हो । 
 
सिँगटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको यो आयोजनाले हाल परीक्षण उत्पादन गरिरहेको छ । निर्माण थालिएको करिब १२ वर्षमा पनि ४२ किलोमिटर लामो सो प्रसारण लाइन तयार नहुँदा निर्माण सम्पन्न भइसकेको सिँगटी हाइड्रोले बिजुली उत्पादन गर्न सकेको थिएन । बिजुली उत्पादन गर्न नपाउँदा बिजुली बिक्री गरेर प्राप्त हुने आम्दानी गुम्यो भने ऋणको ब्याजले आयोजनाको लागत बढ्यो ।
 
“आयोजना तयार पारेर डेढ वर्षसम्म बिजुली बेच्न नपाउँदा आम्दानी नै भएन । बैङ्क ब्याज मात्रै करिब ७५ करोड रुपियाँ नोक्सानी भएको छ,” सिँगटी हाइड्रोका कार्यकारी निर्देशक गणेश कार्कीले भने । २०७६ माघमा आयोजना सम्पन्न हुँदा यो आयोजनाको लागत प्रतिमेगावाट २२ करोड रुपियाँ थियो तर व्यावसायिक उत्पादनको मिति डेढ वर्ष धकेलिँदा लागत प्रतिमेगावाट २४ करोड रुपियाँभन्दा बढी पुगेको जानकारी कार्कीले दिए ।
जलप्रवाहमा आधारित यो आयोजनाबाट वर्षात्मा २५ मेगावाट र सुक्खायाममा करिब नौ मेगावाट विद्युत् उत्पादन हुन्छ । आयोजनामा ३० प्रतिशत स्वामित्व सर्वसाधारणको छ । सरकारले सुपर सिक्स आयोजनाका रूपमा प्रस्तुत गरेको यो आयोजना निजीक्षेत्रले बोलकबोलमार्पफत पाएको थियो । आयोजना तीन वर्षमा निर्माण सम्पन्न भएको थियो । दोलखाको सिँगटी बजारबाट तीन सय मिटरको दूरीमा रहेको यो आयोजना कालिञ्चोक र बिगु गाउँपालिकाको बीचमा पर्छ ।
 
सिँगटी खोलामा बाँध बाँधेर छ किलोमिटर लामो सुरुङमार्पmत विद्युत् गृहमा पु–याइएको छ । विद्युत् गृहमा १२.५ मेगावाट क्षमताका दुईवटा टर्वाइन जडान गरिएको छ । यो आयोजनाले १५ दिन परीक्षणका रूपमा सो बिजुली नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क उपलब्ध गराउने छ भने त्यसपछि खरिदबिक्री सम्झौताअनुसारको मूल्य प्राप्त गर्नेछ ।

प्रतिक्रिया