रुपन्देहीका उद्योगीले ट्रंकलाइन महसुल तिर्न नसक्ने भन्दै प्राधिकरणलाई बुझाए निवेदन

  • प्रकाशित मिति : बिही, असार ३१, २०७८
  • - विद्युत संसार
title

बुटवल ३१ असार ।  प्राधिकरणले उद्योगहरुलाई २०७४ सालदेखिको छुट बिलको बक्यौता असार मसान्तभित्र भुक्तानी गर्न भन्दै करिडोरका २३ वटा उद्योगलाई असार ११ गते अल्टिमेटम दिएपछि बुटवल–भैरहवा करिडोरका उद्योगले आफूहरुले माग र उपभोगै नगरेको ट्रंकलाइन विद्युत महसुल तिर्न नसक्ने भन्दै नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएका छन् ।
 
उद्योगीहरुले  आफूहरुले ट्रंकलाइन विद्युत माग नगरेको र उपभोग पनि नगरेको भन्दै महसुल तिर्न नसक्ने जानकारीस हित प्राधिकरणको प्रदेश कार्यालय बुटवल र भैरहवा वितरण केन्द्रमा निवेदन बुझाएका हुन् । उद्योगीहरुले प्राधिकरणलाई बुझाएको निवेदनमा उद्योगले माग नगरेको ट्रंकलाइनको महसुल भुक्तानी गर्न भनी भएको पत्राचार कानूनी सिद्धान्तको समेत विपरीत रहेको उल्लेख छ ।
 
बुटवल–भैरहवा कोरिडोरमा प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गरेको समयमा केही उद्योगीले उद्योग बन्द गरे केहीले जेनेरेटरबाट उद्योग सञ्चालन गरेको भन्दै सोही समयमा प्राधिकरणलाई जानकारी गराएको उद्योगीको भनाई छ । विद्युत प्राधिकरण प्रदेश कार्यालयका अनुसार बुटवल–भैरहवा करिडोरका २३ उद्योगको छुट बिलवापत करिब ४० करोड रुपैयाँ बक्यौता देखाइएको छ ।

प्रतिक्रिया