भर्खरै

संयुक्त विद्यार्थी संगठनको आन्दोलनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • प्रकाशित मिति : बिही, असार ३१, २०७८
  • - विद्युत संसार
title

काठमाडौं, असार । नेपालको नवनियुक्त प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको नयाँ सरकार आउनासाथ जनतालाई पेट्रोलियम पदार्थको मूल्य सामान्य दरमा घटाएको छ । 
मूल्यवृद्धिको विषयलाई लिएर केही दिनदेखि आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि सरकारले मूल्य घटाइएको नेपाल आयल निगम लिमिटेडले जनाएको छ । 
निगम सञ्चालक समितिको निर्णय अनुसार बुधबार राति १२ देखि लागु हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । मूल्य घटाउनु भन्दा पहिले पेट्रोल प्रतिलिटर रु.१२९, डिजेल तथा मटितेलको मूल्य रु.११२ थियो भने अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ 
 
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं  मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 14 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 19 hours ago