भर्खरै

माथिल्लो तामाकोशीको विद्युत परीक्षण आजबाट हुँदै, एक हप्ता विद्युत कटौती हुनसक्ने

  • प्रकाशित मिति : आइत, असार १३, २०७८
  • - विद्युत संसार संवाददाता
title
 
काठमाडौँ  १३ असार । स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा ठूलो आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको परीक्षण आज आइतबारबाट शुरु भएको छ ।
 
 ४ सय ५६ मेगावाट क्षमतामध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका प्रमुख कार्यकारी निर्देशक विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए ।
निर्माण शुरु भएको ११ वर्षपछि निर्माण सम्पन्न भएको यो आयोजनाको परीक्षण उत्पादन सफल भएपछि प्रशारण लाइनमा जोड्न लागिएको हो । माथिल्लो तामाकोशीबाट उत्पादन हुने राष्ट्रिय प्रणालीमा जोड्न खिम्ति सवस्टेशनमा तार तान्ने काम भएको छ ।
 
नेपाल विद्युत प्राधिकरणका अनुसार आज असार १३ गतेदेखि १९ गतेसम्म खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुनेछ । माथिल्लो तामाकोसीको बिजुली केन्द्रिय प्रशारण लाइनमा जोड्ने र त्यही क्रममा खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले सूचना निकालेर जानकारी दिएको छ ।
 
निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोही अनुसार  बिद्युत आपूर्ति गरिने प्राधिकरणले जनाइएको छ । यसैबीच कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म बिद्युत कटौती कम गर्ने प्रयासमा प्राधिकरण रहेको छ ।
तार खिम्ती सवस्टेशनको प्रणालीमा आबद्ध गरिएपछि माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादन हुने पहिलो युनिटको बिजुली प्रसारण लाइनबाट प्रवाह गर्ने काम सुरु हुनेछ । 
 
वैशाखभित्रै पहिलो युनिटबाट नियमित विद्युत उत्पादन शुरु हुने अनुमान गरिए पनि केही प्राविधिक समस्याले गर्दा केही ढिलो व्यवसायिक उत्पादन गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago