भर्खरै

टावर मर्मत नहुँदा सञ्चार विच्छेद

  • प्रकाशित मिति : सोम, जेठ १७, २०७८
  • - रासस
title
दार्चुला, १७ जेठ । व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित नेपाल टेलिकमको स्काई टावरको मर्मत नहुँदा गत गत मंसिरदेखि स्थानीय वासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका छन् । गत मंसिरमा परेको हिमपातले टावरमा व्यापक क्षति पुयाएको थियो । 
 
सात महिनासम्म टावरको मर्मतसम्भार नहुँदा अहिले व्याँस गाउँपालिका–१ छाङ्गरु तिङ्करका स्थानीयवासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरी सञ्चार सेवाबाट वञ्चित भएका छन् । स्काइ टावर राखिएको घर नै हिमपातले भत्काएको छ । भवनको छत भत्किएपछि भवनभित्र रहेका टेलिकमको विटिएस, रेडियो प्रणाली लगायतमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । उनले भने, ‘‘भवन पूरै भत्काएको छ, के कति क्षति भयो भन्ने यकिन जानकारी हामीसँग पनि छैन् ।’’ 
 
‘‘सामान्य अवस्थामा भए हामीले नै मर्मत सम्भार गथ्र्यौं’’, उनले भने, ‘‘टावरको पूरै क्षति भएकाले हामीले बनाउन सक्ने अवस्था रहेन् । टावरले काम नगरेको बारे सम्बन्धित निकायलाई जानकारी गराइएको छ ।’’ 
 
अहिले व्यासमा भाइनेट इन्टरेन मात्र चलेको छ । ‘‘वाइफाइबाट मात्र आफन्तसँग कुराकानी गर्न मिलेको छ’’, छाङ्गरुका स्थानीय योगेश बोहराले भने, ‘‘फोन गर्न पाइएको छैन् ।’’ छाङ्गरुमा नेपाल टेलिकमले दुई ल्यान्डलाइन जडान गरेको छ । अहिले त्यो फोन सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ । नागरिकले दिनहुँ व्यक्तिगत सम्पर्क गर्नको लागि सशस्त्र प्रहरीकामा गएर कुराकानी गर्न पनि समस्या हुने गरेको स्थानीय बताउँछन् । छाङ्गरुमै नमस्तेको फोरजी सेवासहितको फोन पुनः सञ्चालन गर्न भन्दै टावर गाडिए पनि उपकरण जडान गरिएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago