भर्खरै

लायन्स क्लबको अन्तर्राष्ट्रिय निर्देशकमा बुर्लाकोटीको उम्मेवारी, भन्छन् 'नेपाललाई कामले नै संसारभर चिनाउछु'

  • प्रकाशित मिति : मंगल, जेठ ११, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, ११ जेठ । मानवीय सेवामा क्रियाशील सामाजिक परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनमा नेपालका बालकृष्ण बुर्लाकोटीले अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी दिएका छन् । आगामी जेठ २१ र २२ गते भर्चुअल माध्यमबाट आयोजना गरिने उक्त सम्मेलनमा बुर्लाकोटीसँग नेपालबाटै खगेन्द्र सिटौला र शम्भु घिमिरे प्रतिष्पर्धामा उत्रिने भएका छन् ।
 
लायन्सको नेपालमा ए१, ए२, बी१ र बि२ गरी चार वटा डिस्ट्रिक्ट छन् । चारवटै डिस्ट्रिक्टमा चुनावी माहोल शुरु भएको छ । 
 
विजयीका प्रत्यासी बुर्लाकोटी लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि आफूले नेपाललाई कामले नै संसारभर चिनाउने प्रतिवद्धता व्यक्त गर्छन् । आफ्नो कार्यकालमा नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय रहने उनी बताउँछन् ।
 
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्वगभर्नर बुर्लाकोटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व चियरपर्सन हुन् । मल्टिपलमा लायन्स फन्डको सुरुवात गर्नेदेखि मल्टिपलको सचिवालयलाई चलायमान बनाउँदै संस्थागत गर्न उनले महत्वपूर्ण भूमिका खेलेका छन् । उनी आफ्नो विजय सुनिश्चित भएको बताउँछन् ।
 
सामाजिक सेवामा स्वस्थ प्रतिस्पर्धा गर्ने लायन्सभित्र चामत्कारिक नतिजाहरु निकाल्न सफल मानिने बुर्लाकोटी सामाजिक कामहरुमा सक्रिय रहँदै आएका छन् । 
मल्टिपल काउन्सिल अध्यक्ष हुदा रि-डिस्टिकिङ कमिटि गठ्न गरि ४ वटै डिस्ट्रिक रि-डिस्ट्रिक्ट गरि १५ वटा डिस्ट्रीक बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बुर्लाकोटी आर्थिक हिसाबले मल्टिपललाई मजवुत बनाउनु पर्छ भनी मल्टिपलको आफ्नै कोष खडा गरि नेपाल लायन्स फण्डको शुभारम्भ पनि गरेका थिए ।
 
बुर्लाकोटीले अन्तर्राष्ट्रिय सम्मेलनको दर्ता मल्टिपलमा नै गर्ने अवधारणालाई पनि व्यवहारिक कार्यान्वयन गरेका थिए । यसले गर्दा लायन्सहरुले दर्ता रकम रद्द गरेर सजिलै रकम फिर्ता पाउन सक्छन् ।
 
उनले गभर्नरको भूमिकामा रहँदा धेरै रेकर्डहरु बनाउँदै इतिहास रचेका थिए । उनले लायन्सको सय वर्षको इतिहासमा पहिलोपटक आफ्नो कार्यकालमा १०० वटा क्लब खोल्न सफल भएका थिए । उनले त्यतिबेला २ हजार ८ सय ६३ सदस्यता बिस्तार गर्दै सय एमजेएफ योगदान गराउन पनि सफल भएका थिए ।
बुर्लाकोटीकै नेतृत्वमा नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप भएको थियो । पदमा रहँदा र नरहँदा पनि निरन्तर सामाजिक काममा सक्रिय रहँदै आएका बुर्लाकोटीले लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सन र इसामे एसिया फोरम कोलकातामा पनि आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका छन् ।
 
यसअघि नेपालबाट उक्त पदमा सञ्जय खेतानले भूमिका निर्वाह गरेका थिए । खेतान अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको दौडमा छन् । लायन्स क्लब अहिले विश्वका २ सय भन्दा बढी देशहरुमा फैलिएको छ ।

प्रतिक्रिया