भर्खरै

निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनामा आजदेखि पुनः पानी पठाइने

  • प्रकाशित मिति : सोम, जेठ १०, २०७८
  • - विद्युत संसार संवाददाता
title
दोलखा १० जेठ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा सोमबारदेखि पुनः पानी पठाउन लागिएको छ ।
 
परीक्षणका क्रममा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङभित्र राखिएको पेनस्टक पाइपमा चुहावटको समस्या देखिएपछि पूर्ण सुधारकार्य अगाडी बढेको थियो ।
 
मुख्य पाइप (पेन‚टक पाइप)सँग जडान गरिएका दुईवटा मर्मती–ढक्कन मर्मत गरेपछि यी संरचनामा प्राविधिक परीक्षणका लागि पुनः पानी पठाउन लागिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए। आयोजनाको ३७३ मिटर अग्लो तल्लो पेन‚टक, ३१० मिटर अग्लो माथिल्लो मुख्य पाइप र सो त्यसको साँघुरो पाइपलाई तल्लो मुख्य पाइपको साँघुरो पाइपसँग जोड्ने करिब सय मिटर तेर्सो मुख्य पाइपको परीक्षण गर्ने क्रममा यसमा जडान गरिएको मर्मती–ढक्कनमा पानी रसाएको थियो । त्यसको मर्मत गत वैशाख २९ गतेदेखि सुरु गरिएको थियो । मर्मतपछि अब यी संरचनामा पुनः पानी पठाउन लागिएको हो ।
 
परीक्षणका लागि पहिला पठाएको पानी पूर्ण रूपमा सुकाएर मर्मत गरिएको हो । आयोजनाको सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मानिएका ८२२ मिटरको वाटरहेड धान्ने मेनसट अफ भल्भ तथा छवटा युनिटमा जडान गरिएका मेन इन्लेट भल्भहरूको प्राविधिक परीक्षण सफलता पूर्वक सम्पन्न भएको छ । 
 
गत वैशाख १६ गतेबाट आयोजनाको सुरुङमा पानी भर्न थालिएको थियो ।  सुरूङमा पानी भर्न थालेको अवसरमा स्विच थिच्न दुई जना विभागीय मन्त्री दोलखाको लामाबगर पुगेका थिए । आयोजना चाँडो सक्न तीव्र दबाब भएका कारण छिटो काम सक्न खोज्दा दक्षता र गुणस्तर नपुगेकाले अहिले पेनस्टक पाइपकै भागमा समस्या देखिएको आयोजनाका प्राविधिकहरूको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago