भर्खरै

आयोजनाको पेनस्टक पाइपमा चुहावट समस्याको सुधार जारी, हाइड्रोमेकानिकल उपकरणहरुको चेकजाँच पनि छिटै

  • प्रकाशित मिति : शुक्र, जेठ ७, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ७ जेठ । परीक्षणका क्रममा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङभित्र राखिएको पेनस्टक पाइपमा चुहावटको समस्या देखिएपछि पूर्ण सुधारकार्य अगाडी बढेको छ ।
 
आयोजनाको सुरुङभित्र राखिएको पेनस्टक पाइपमा चुहावटको समस्या सुधार कार्य सन्तोषजनक रुपमा भइरहेको र आगामी २/३ दिनमा भित्रमा सुधार कार्य सम्पन्न गरी पेनस्टक, सुरुङ र बाँकी सिभिल संरचनाहरु र हाइड्रोमेकानिकल उपकरणहरुको प्राविधिक कार्यलाई निरन्तरता दिने लक्ष्य दिएको आयोजनाले जनाएको छ ।
 
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले हिजो विहिबार एक विज्ञाप्ती मार्फत सिभिल संरचनाहरु र हाइड्रोमेकानिकल उपकरणहरुको प्राविधिक कार्यलाई निरन्तरता दिने जाँच कार्यलाई २४ सै घण्टा अनुगमन र निरिक्षण कार्य भइरहेको जानकारी दिएको छ  ।
 
विज्ञाप्तीमा भनिएको छ । “अरु कुनै थप प्राविधिक समस्य नआएमा तथा कोभिड १९ महामारीको दोस्रो लहरले आयोजनाका कामदार र कर्मचारीहरुमा कुनै असर देखा नपरेमा परिक्षण कार्य पुनः सुचारु भएको ७/८ दिन भित्र सम्पूर्ण सिभिल संरच्नाहरु र हाइड्रोमेकानिकल उपकरणहरुको चेकजाँच सम्पन्न गरिसक्ने लक्ष्य निर्धारण गरिएको छ ।”
 
गत वैशाख १६मा सुरुङमा पानी हालेर परीक्षण शुरु गर्नासाथ पेनस्टकको ‘म्यानहोल’मा चुहावट हुने समस्या देखिएको थियो । ६०० मिटरको हेडसम्म पानी हालेर प्रेसर दिंदा चुहावट देखिएपछि आयोजनाले मर्मत नगरी सुरुङ भर्न नहुने निष्कर्ष निकालेको थियो ।
गत वैशाख १६ गतेबाट आयोजनाको सुरुङमा पानी भर्न थालिएको थियो ।  सुरूङमा पानी भर्न थालेको अवसरमा स्विच थिच्न दुई जना विभागीय मन्त्री दोलखाको लामाबगर पुगेका थिए । तर, आयोजनाको पावरहाउससँगै रहने पेनस्टक पाइपमै समस्या देखिएपछि सुरुङमा अझै पानी भर्न सकिएको छैन ।
 
विज्ञाप्ती :
 

प्रतिक्रिया