भर्खरै

बौदीकाली र बुलिङटार क्षेत्रमा १४ खानेपानी आयोजना

  • प्रकाशित मिति : बिही, जेठ ६, २०७८
  • - रासस
title
कावासोती, ६ जेठ । जिल्लाको पहाडी क्षेत्रमा खानेपानीको समस्या रहेको छ । बस्तीहरु डाँडामा हुने र पानीका मुहान बस्तीदेखी तल हुदा घण्टौं लाएर पिउने पानी ल्याउनुपर्ने पहाडी क्षेत्रका बासिन्दाको प्रमुख समस्या रहने गर्दछ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा दुईवटा स्थानीय तहमा यो समस्या धेरै रहेको छ ।
 
जिल्लाको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदीकाली र बुलिङटार गाउँपालिकाको सबै जसो क्षेत्रमा खानेपानीको समस्या रहेको छ । यसै समस्या समाधानका लागि यी क्षेत्रमा अहिले १४ वटा खानेपानीका आयोजना सञ्चालनमा रहेका छन् । स्थानीय तहको समन्वय तथा गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको लागतमा खानेपानी आयोजना निर्माणाधिन छन् ।
 
बौदीकाली गाउँपालिकामा ११ वटा खानेपानीका आयोजना निर्माणको क्रममा रहेका छन् । बौदीकालीकामा एकमा रु। ७४ लाख लागतका मिथुकरम खानेपानी आयोजना निर्माणाधिन छ । एकमानै मिथुकरम लिफ्ट खानेपानी आयोजना रु. १७ लाख बजेटमा सञ्चालनमा छ । वडा नं. दुईमा रु. ८० लाख लागतमा डेढगाउँ बृहत खानेपानी आयोजना चलिरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ एकाइ कार्यालय नवलपुरका कार्यालय प्रमुख महेन्द्रराज आचार्यले बताए ।
 
बौदीकालीकै दुई नं. वडामा रु.१७ लाखको बजेटमा ओडारे खानेपानी आयोजना, तीनमा रु.१२ लाखमा घचेडी खानेपानी आयोजना, चार नम्बर वडामा रु.१७ लाखको टिविआर खानेपानी आयोजना, रु. १७ लाखकै बाहुनथर खानेपानी आयोजना वडा नम्बर ६ मा रु.१७ लाखको पुरानो नरम खानेपानी आयोजना, रु।१७ लाखमा माझडाँडा खानेपानी आयोजना यहाँ निर्माणको क्रममा रहेको प्रमुख आचार्यले बर्ताए ।
 
करिब रु. १ करोडमा बाँझोबारी खानेपानी आयोजना निर्माणकै क्रममा छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको रु. तीस लाख बजेटको अमृत धारा खानेपानी आयोजना बनिरहेको छ । “विकट पहाडी गाउँपालिका भएकाले खानेपानी यहाँको प्रमुख समस्या हो, टाकुरामा खानेपानीको समस्या वर्षौदेखी भोगिरहेका छौं”, बौदीकालीका गेसबहादुर रानाले भने, “तर अहिले यहाँ निर्माणको क्रममा रहेका खानेपानी आयोजनाले  समस्या समाधान होला भन्ने आस छं ।”
 
जिल्लाकै पहाडी क्षेत्र अन्र्तगत पर्ने बुलिङटार गाउँपालिकामा प्रदेश सरकार मार्फत तीन खानेपानीका आयोजना निर्माणाधिन छन् । बुलिङटार २ मा रु. १२ लाखको डाँडाझेरी खानेपानी आयोजना, तीनमा रु. १२ लाखको कामीडाँडा बस्ती जल उत्पन्न बालविकास प्रावी खानेपानी आयोजना र ६ मा गाग्रीखोला खानेपानी अयोजना रु. बाह्र लाखमा बनिरहेको सव इञ्जिनियर विश्वदिप देवकोटाले बताए । गण्डकी प्रदेशको ‘एक घर, एक धारा’ भन्ने योजनालाई सार्थकता दिन खानेपानीका पहुँच नभएका क्षेत्रमा आयोजना चलिरहेको प्रमुख आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago