भर्खरै

अक्सिजन उद्योग र शवदाहगृहको विद्युत डिमाण्ड शुल्क मिनाहा गर्न ऊर्जामन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदै

  • प्रकाशित मिति : शुक्र, बैशाख ३१, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौंँ, ३१ वैशाख । देशभर अक्सिजन उत्पादन गर्ने उद्योगहरू र पशुपतिमा रहेको विद्युतीय शवदाहगृहको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेका छन् । विसं २०७८ वैशाखदेखि लागू हुने गरी  आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने गरी प्रस्ताव लैजान लागिएको हो । 
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आज (बैशाख ३१ गते) पदभार ग्रहण गर्दै उल्लेखित निर्णय गरेका छन् । कोभिड –१९ को बढ्दो संक्रमणले अस्पताल भर्ना हुने बिरामी दिनानुदिन बढेपछि अक्सिजनको आपूर्ति सहज बनाउन सो निर्णय गरिएको मन्त्री रायमाझीले बताए । उनले उद्योग २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मन्त्रालयको निर्णयले उद्योग सञ्चालक र उद्योगमा कार्यरत मजदूरलाई राहत मिल्ने बताए ।
 
  कोभिडका कारण मानिसको मृत्युदरसमेत बढिरहेकाले पशुपति आर्यघाटमा रहेको विद्युत शवदाहगृहको विद्युत् डिमाण्ड शुल्क छुट गरिने उनले जानकारी दिए । छुट शुल्कवापतको शोधभर्ना नेपाल विद्युत् प्राधिकरणलाई नेपाल सरकारले उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचार समेत गरिएको छ ।
प्राधिकरणले अक्सिजन उद्योगमा बिनाअवरोध विद्युत् प्रवाह गरिरहेको छ । प्राधिकरणले यस्ता उद्योगमा आपूर्ति हुने विद्युत्का फिडरमा समस्या आउन नदिन आफ्ना कर्मचारीलाई २४ सै घन्टा तयारी अवस्थामा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 1 hour ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 6 hours ago