भर्खरै

भालिवाङ जलविद्युत् आयोजना दोस्रो’ संचालनमा

  • प्रकाशित मिति : बिही, बैशाख ३०, २०७८
  • - रासस
title
बलेवा, ३० वैशाख । ढोरपाटन नगरपालिका–९ खुँगाका दीर्घलाल गैरेको घरमा अहिले झिलिमिली बत्ती छ । धिपधिप बल्ने बत्ती बालेको लामो समयपछि उनको घर भिलिमिली भएको हो । खुँगामा केन्द्रिय प्रसारण लाइन पुगेको छैन । 
 
स्थानीय तमानखोलाबाट केही वर्षअघि निकालिएको बिजुली गाउँभरि बाँड्दा कहिले बत्ती उज्यालो बल्थ्यो भने कहिले धिपधिप । खुँगामा केही वर्षपहिले ‘भालिवाङ जलविद्युत् आयोजना पहिलो’ सञ्चालन थियो । तीस किलोवाट क्षमताको उक्त आयोजनाले गाउँमा विद्युत् नपुगेपछि अहिले सोही खोलामा भालिवाङ जलविद्युत् आयोजना दोस्रो सञ्चालनमा आएको गैरेले बताए । तमानखोलामा निर्माण भएको उक्त आयोजनाले ढोरपाटन–४ खुँगाका गाउँहरु भिलिमिली बनाएको हो ।
 
“पहिलेको आयोजना निकै टाढाबाट नहर निर्माण गरेर ल्याइएको थियो, बेलाबेलामा समस्या आइरहन्थ्यो”, गैरेले भने, “अहिले ८० मिटरको नहर छ, १०० किलोवाट बिजुली निस्किएको छ ।” आयोजना निर्माणमा रु चार करोडभन्दा बढी लगानी भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक अनुदान, नगरपालिका अन्र्तगत वडाको बजेट र स्थानीय जनताको जनश्रमदान गरी रु चार करोडभन्दा बढी लगानी लागेको आयोजनाका प्रबन्धकसमेत रहेका गैरेले बताए ।
 
यहाँ उत्पादन भएको विद्युतले खुँगाको छोरेगाउँ, सोरबाङ, भालिवाङ र खुँगा गाउँलाई उज्यालो पुगेको छ । पहिलेको आयोजनाले गाउँलाई बिजुली अपुग भएपछि फेरि नयाँ योजना ल्याइएको आयोजनाका अध्यक्ष गणेश थापाले बताए । आयोजनाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट पाउनुपर्ने केही रकम भने अझै पाएको छैन । भालिवाङ जलविद्युत् आयोजना निर्माणमा केन्द्रको रु दुई करोड आठ लाख अनुदान सहयोग रहेको छ । वडा कार्यालयबाट रु ९० लाख विनियोजन गरिएको वडाध्यक्ष तिलक पुनले बताए । 
 
खुँगाका ३८८ घरधुरी लाभान्वित हुनेगरी निर्माण गरिएको जलविद्युत् आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताबाट प्रतिघरधुरी रु पाँच हजारका दरले नगद सङ्कलन गरिएको थियो । स्थानीयवासीले श्रमदानसमेत गरेको वडा कार्यालयले जनाएको छ । 
 
गाउँमा विद्युत् उत्पादन भएपछि स्थानीयस्तरमा चल्ने मिल, फर्निचर उद्योग, टेलिकम टावर, कुखुरा फार्मलगायतका उद्योगहरुका लागि सहज भएको छ । सञ्चारका साधनहरु चलाउन स्थानीयवासीलाई सहज भएको स्थानीय उपभोक्ता वीरसिंह छन्त्यालले बताए ।
 
बागलुङको कर्णाली भनेर चिनिने ढोरपाटनको खुँगा गाउँका स्थानीयवासी अहिले निकै खुसी छन् । बुर्तिबाङ बजारमा यसै वर्ष पुगेको केन्द्रिय प्रसारण लाइन गाउँमा पुग्न केही समय लाग्ने भएकाले भालिवाङ दोस्रो आयोजनाले गर्जो टारेको वडाध्यक्ष पुनले बताए ।
 
 “केन्द्रिय प्रसारण लाइनका लागि हामीले पहलकदमी गरेका छौँ, तत्कालको समस्या यो आयोजनाले पूरा गरेको छ”, पुनले भने, “केन्द्रिय प्रसारण लाइनको पहुँच पुग्दा पनि साना आयोजनाको उपयोग गर्ने योजना बनाएका छौंँ ”।
 
पश्चिम बागलुङका ढोरपाटन, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका अधिकांश बस्तीमा स्थानीय खोलामा उत्पादन भएका लघु जलविद्युत् आयोजनाहरुबाटै विद्युत् आपूर्ति हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago