भर्खरै

जिल्लालाई बिजुलीको बल्बमा आत्मनिर्भर बनाउन नगरपालिकाले बनायो ‘बिजुली घर’

  • प्रकाशित मिति : शनि, बैशाख २५, २०७८
  • - रासस
title
ओखलढुङ्गा, २५ वैशाख । विद्युतको बल्ब उत्पादक उद्योग सञ्चालनमा आएको छ । सिद्धिचरण नगरपालिका र स्थानीय उद्यमीको सहकार्यमा बल्ब उत्पादनका लागि ग्रामीण बिजुली घर सञ्चालनमा आएको हो । वडा नं ७ बिगुटारमा एलइडी बल्ब उत्पादन उद्योग स्थापना गरिएको छ । स्थापित उद्योगबाट बल्ब उत्पादन शुरु गरिएको छ । नगरपालिकाको अनुदान सहयोग र ७ नं वडा कार्यालयको पहलमा स्थानीयवासी यदुनाथ दाहालले बल्ब उत्पादन शुरु गरेका हुन । 
 
वडा कार्यालयको पहलमा नगरपालिकाको रु एक लाख अनुदान र दाहालको रु दुई लाख लगानीमा ग्रामीण बिजुली घर उद्योग सञ्चालनमा आएको छ । परीक्षणका रुपमा उद्योगमा दैनिक ५० बल्ब उत्पादन भइरहेका छन् । उद्योगको क्षमता बढाउने र बजारीकरण गर्न वडा कार्यालयले सहजीकरण गर्ने वडाध्यक्ष बमबहादुर राईले जानकारी दिए । उद्योगमा प्याकेजिङ खोल नभएका कारण बजारमा लैजान समस्या छ । बल्बको खोल निर्माण पनि थालिसकिएको वडाध्यक्ष राईले बताए । जिल्लालाई बिजुलीको बल्बमा आत्मनिर्भर बनाउन उद्योग स्थापना गरिएको वडाध्यक्ष राईको भनाइ छ । 
 
जिल्लामा बिजुलीको बल्ब आयात मात्रै हुने भएकाले स्थानीयस्तरमै उत्पादन भएपछि लागत कम पर्ने व्यवसायीको भनाइ छ । हाल बल्ब उत्पादनका लागि एउटा मात्रै मेशिन खरीद गरिएको छ । जनशक्ति र बजार व्यवस्थापनको काम अघि बढेपछि थप मेशिन राखेर उत्पादन बढाउन सकिने उद्योग सञ्चालक दाहालको भनाइ छ । 
 
ग्रामीण बिजुली घर नगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको पहिलो स्थानीय उद्योग हो । उद्योगमा काम गर्ने कामदारलाई तालीममा पठाएर तालीम लिएर आएका कामदारबाट उत्पादन शुरु गरिएकाले यसको दिगोपनामा शङ्का नरहेको उद्योग सञ्चालकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago