भर्खरै

कोरोना कहरबीच पनि ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणको काम धमाधम

  • प्रकाशित मिति : Sat-08-May-2021
  • - रासस
title
दार्चुला, २५ वैशाख । मार्मा गाउँपालिका–२ घट्टेगढमा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरबीच पनि निर्धारित समय सीमाभित्रै काम सक्ने गरी जलविद्युत् निर्माणको काम भइरहेको हो ।
 
“विद्युतको ड्याम, पावर हाउसलगायत क्षेत्रमा काम भइरहेको छ, कोरोनाको बेला पनि काम रोकिने अवस्था छैन”, माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका आयोजना म्यानेजर धर्मराज उपाध्यायले भने, “अहिले मजदूरहरु सबै यहीँ खटिएका छन्, भएकै मजदूरको प्रयोग गरिन्छ, आयोजनाका लागि ठूला उपकरण पनि पु¥याइएको छ, आयोजनालाई समयमै सक्नका लागि सबै लागिपरेका छौँ, ३० प्रतिशत हाराहारीमा आयोजनाको काम सकिएको छ ।”
 
आयोजनाको बाँध क्षेत्रमा संरचना निर्माणको काम चलिरहेको छ । चमेलिया नदी फर्काउने, बालुवा थिग्राउने र पोखरीको काम अहिले चालू छ । पाइप जडानका लागि काम भइरहेको बताइएको छ । नहर खन्ने कामसँगै अघि बढाइएको छ । “आयोजनामा सबै संरचना निर्माणको काम धमाधम हुँदैछ”, उपाध्यया भन्छन्, “अहिलेको अवस्थामा कोरोनाले धेरै असर पु¥याउन सकेन भने समयमै काम सक्छौँ, ४० मेगावाटको आयोजना भए पनि यसमा सुरुङको प्रयोग गरिने छैन ।” 
 
चमेलिया नदीको पानी विद्युत्गृहमा खसाल्न ३.३ मिटर व्यास भएको ६।३ किलोमिटर लामो ‘लो प्रेसर’ पाइप राखिने छ । पाता आयात गरेर आयोजनास्थलमै पाइप तयार गरेर जडान शुरु गरिएको छ । यसमा पनि मेकानिकल इन्जिनीयर र मजदूर खटिएका छन् । मेकानिकल स्थलमा अहिले पाता जडानको काम तीव्र गतिमा भइरहेको उपाध्याय बताउछन् । आयोजना निर्माणमा खटिएका कर्मचारी र मजदूरको सक्रियता बढेको छ । 
 
उनले विद्युतगृहको संरचना निर्माणका लागि जग खनेर ढलान शुरु हुने तयारी छ । आयोजना निर्माणको ठेक्का चन्द्र एन्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभी तथा लटीनाथ कन्स्ट्रक्शन कम्पनीलाई दिइएको छ । चन्द्र एन्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभीले बाँध क्षेत्रमा काम गरिरहेको छ । लटीनाथ कन्स्ट्रक्शनले विद्युत् गृहमा काम गरिरहेको छ । यो आयोजना २०७९ साल फागुनबाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ ।
 
निर्माणमा स्थानीयवासीको अवरोध नहुँदा काम गर्न सहज भएको आयोजनाले जनाएको छ । “हामीले सबैको सहयोग पाएका छौँ”, अपी पावर कम्पनीका निर्देशक इन्द्रमणि त्रितालले भने, “सडकको पहुँच पुगेकाले पनि काम गर्न सहज भएको छ, अहिलेसम्मको कामको प्रगति हेर्दा लक्ष्य अघि नै सम्पन्न हुनेमा हामी ढुक्क छौँ ।”
 
आयोजनाबाट उत्पादन हुने विद्युत् १३२ केभी बलाँच सबस्टेशनमा जोडिने छ । आयोजनाको विद्युत् गृहदेखि सबस्टेशनसम्मको दूरी १६ किलोमिटर छ । सबस्टेशनसम्म आवश्यक १६ किलोमिटर प्रसारण लाइनका ५७ खम्बा कम्पनीले नै निर्माण गर्दैछ । खम्बा निर्माणका लागि पनि उपकरण ढुवानी भइरहेको आयोजनाले जनाएको छ । प्याराडाइज बिल्डर कम्पनीले प्रसारण लाइनको काम गरिरहेको छ । 
 
यो आयोजना सम्पन्न गर्न रु सात अर्ब ४० करोड लागत अनुमान गरिएको छ । आयोजनामा छ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य, नेपाल, नेपाल बङ्गालादेश र सेन्चुरी बैंकले रु पाँच अर्ब १८ करोड लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको यो लगानी कूल लागतको ७० प्रतिशत हो । रु दुई अर्ब २२ करोड ९३० प्रतिशत० स्वपूँजी लगानी छ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।
 
उत्पादित विद्युत्मध्ये ३० प्रतिशत हिँउदका छ महिना र बाँकी ७० प्रतिशत वर्षाका छ महिनामा उत्पादन हुनेछ । कम्पनीले आयोजनाको विद्युत् बिक्रीबाट पहिलो वर्ष रु एक अर्ब ६२ करोड आम्दानी गर्नेछ । वार्षिक आम्दानीमा हरेक वर्ष तीन प्रतिशतका दरले आठ वर्षसम्म मूल्य वृद्धि हुने हुँदा आय पनि बढ्दै जाने कम्पनीले जनाएको छ ।
 
माथिल्लो चमेलिया अपी पावरले निर्माण गरिरहेको तेस्रो जलविद्युत् आयोजना हो । कम्पनीले यसअघि नै दार्चुलाको शैल्यशिखरको देथलामा साढे आठ मेगावाट क्षमताका नौगाड र अपर नौगाड साढे आठ मेगावाट क्षमताको विद्युत् उत्पादन गरेको छ । दुई आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago