भर्खरै

गण्डकी गाउँपालिका ८ मा अक्सिजनसहितको आइसोलेसन बेडको तयारी पूरा

  • प्रकाशित मिति : शुक्र, बैशाख २४, २०७८
  • - विद्युत संसार संवाददाता
title

गोरखा घ्याल्चोक, २४ बैशाख । गण्डकी गाउँपालिका वडा नम्बर ८ मा  ७ वटा अक्सिजनसहितको  आइसोलेसन  बेडको तयारी पूरा भएको छ ।
 
देशभर कोभिड संक्रमणदर बढदै गएकोले यहाँ देखिनु अगावै पूर्व तयारी स्वरुप ७ ओटा अक्सिजनसहितको आइसोलेसन  बेड तयारी पूरा भएको  गण्डकी गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष रामप्रसाद रेग्मीले विद्युत संसारलाई बताए ।
 
कोरोनाको दोस्रो बर्षमा  देखिएको महामारीमा अक्सिजन नपाएर ज्यान गुमाउन परेको समाचारहरु आइरहेका छन , ‘यहाँका स्थानीयले सकेसम्म त्यस्तो अवस्थाको सामना नगरोस भन्ने उद्देश्यसहित अक्सिजन सहितको आइसोलेसन बनाएका  हौं ।’ वडा अध्यक्ष रेग्मीले भने ।
 
उनका अनुसार अक्सिजन खरीदको प्रक्रिया शुरु भइसकेको छ । वडा नम्बर ८ मा हालसम्म कुनै केस नदेखिएपनी गोरखाका अन्य वडा र नजिकको सिमाना धादिङ तथा चितवनमा भने देखिएको छ ।
 
“माक्स, सेनिटाईजर,अक्सिजन सिलिन्डरको अभाब छ । मनकारी दाताको खोजिमा छौ , समस्या हल हुन्छ भन्ने बिस्वास लिएका छौ । असल कामको लागि सक्षम हातहरुको खोजिमा रहेका छौ ”  वडा अध्यक्ष रेग्मीले सामाजिक संजालका पोष्टहरुमा यस्तो अभिव्यक्ति दिनुले वडामा आकास्मिक बजेट यथेष्ट नहुनुको संकेत गर्दछ भने अर्को अर्थमा स्थानि सरकारले गर्नुपर्ने पूर्वतयारीमा रुपमा जुटेको आभास पनि उक्त सामाजिक संञ्जालको पोष्टले झल्काएको देखिन्छ ।
   सामाजिक संजालको पोष्टको आधारमा देशबिदेशमा रहने सामाजिक अभियान्ताहरुले आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता आईरहदा वडाध्यक्षले ढिलानगरि आवश्यक तयारी समिति बनाई उर्पयुक्त सहयोग संकलन गरि तयारी अवस्थामा रहन बुद्धिमानी हुनजाने  देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 8 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 14 hours ago