भर्खरै

नेपालमा हरित हाइड्रोजन उत्पादन सम्भावना

  • प्रकाशित मिति : बुध, बैशाख २२, २०७८
  • - रासस
title
काठमाडौँ, २२ वैशाख । आगामी दिनमा आफू कार्यरत मुलुकमा कोरोना भाइरसको प्रभाव र नेपाली समुदायको स्थितिका बारेमा सूचना आदानप्रदान गर्ने र गैर आवासीय नेपाली समुदायलगायत संघसंस्थासँग समन्वय गरी नेपालीलाई सुरक्षित राख्ने सम्बन्धमा छलफल गरेका छन् । 
 
ओमानका लागि नेपाली राजदूतावासको संयोजनमा मङ्गलबार पश्चिम एशियालगायत मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव तथा नेपालले चाल्नुपर्ने कदममा सम्बन्धमा सम्बन्धित मुलुकका लागि नेपाली राजदूत र  उपनियोग प्रमुखको सहभागितामा भएको बेविनारका सहभागीले आफू कार्यरत तथा सहप्रमाणीकृत मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव र त्यसको नियन्त्रणका लागि ती मुलुकले चालेका प्रभावकारी कदम तथा खोपको उपलब्धता र त्यसको प्रभावकारिताका सम्बन्धमा आआफ्ना अनुभव आदानप्रदान गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।
 
सहभागीले नयाँ भेरियन्टको बढ्दो संक्रमण र जोखिमका कारण विभिन्न मुलुकले अन्तरराष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध तथा सम्बन्धित मुलुकमा रहेका नेपाली समुदायमा पर्ने प्रभावका सम्बन्धमा पूर्वसूचना, तयारी, उद्धार तथा राहत सम्बन्धमा आआफ्ना विचार व्यक्त गरे । 
सो अवसरमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेका श्रम गन्तव्यबाट स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड कडाइका साथ पालन गर्नेगराउने गरी यथाशक्य चाँडो अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए । 
 
कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाज र इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यले यात्रुको निगरानी गर्न तथा कोभिड–१९ को संक्रमणको रोकथामका लागि अवलम्बन गरिएका नियमको पालना गराउन विभिन्न मुलुकले प्रयोगमा ल्याएका मोबाइल एप्स पनि महामारी नियन्त्रणमा सान्दर्भिक तथा प्रभावकारी देखिएकाले नेपालले पनि त्यस्ता एप्स विकास गरी सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिए । 
कार्यक्रमको संयोजन गर्नुभएका ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले महामारी नियन्त्रणका लागि  प्रभावकारी उपाय अवलम्बन गर्दै अर्थतन्त्रलाई चलायमान बनाइराख्न आर्थिक कूटनीति सञ्चालनको जिम्मेवारीलाई पनि साथसाथै अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले नेपालमा हरित हाइड्रोजन उत्पादनको सम्भावना र त्यसका  लागि वैदेशिक लगानी आकर्षित गर्न सकिने सम्बन्धमा आफ्ना विचार व्यक्त गरे ।  
 
सउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रप्रसाद सिंह, नेपाली राजदूतावास, बहराइनका लागि राजदूत पदम सुन्दास, कुवेतका लागि राजदूत दुर्गाप्रसाद भण्डारी, संयुक्त अरब इमिरेट्सका लागि राजदूत कृष्णप्रसाद ढकाल,  पाकिस्तानका लागि राजदूत तापस अधिकारी, दक्षिण अफ्रिकाका लागि राजदूत डा निर्मलकुमार विश्वकर्मा तथा नेपाली राजदूतावास इजिप्टका उपनियोग प्रमुख दीपक घिमिरेलगायतको सहभागिता थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago