भर्खरै

कोरोना महामारीको बीचमा पुुन हाउस वायरीङ्ग केबुुलको मूल्यवृद्धि

  • प्रकाशित मिति : बिही, बैशाख १६, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं १६ बैशाख । काठमाडौं १६ बैशाख । नेपालका तार उत्पादकहरुको  साझा संस्था निमाले कोरोना भाइरस कोभिड १९को महामारी विच पनि हाउस वायरीङ्ग तार र पावर केवुलमा समेत मुल्य बढाएको छ । 
गत माघ महिनामा १० प्रतिशतले वृद्धि गराएको निमाले तीन महिना कै अन्तरालमा उपत्यकामा कोरोनाको दोस्रो कहरको  पूर्व सन्ध्यमा विद्युतीय व्यवसायीहरुलाई मूल्य वृद्धिको उपहार स्वरुप नयाँ दररेट  सार्वजानीक  गरी पुनः मुल्यवृद्धि गराएको हो । कोरोनाका कारण विद्युतीय व्यवसाय धरासायी बन्दै गईरहेको बेला व्यवसायीहरु लाई थप मार पर्ने गरी  निमामा आवद्ध तार उद्योगीहरुद्धारा  पुुन ः  बुुधबारदेखि हाउस वायरीङ्ग र पावर केबलकोसमेत    मूूल्यवृद्धि गरेको छ । गत साउन देखि बैशाख सम्म आव बर्षभरिमा४ पटक  निमा मा आवद्ध तार उद्योगीहरुद्धारा मुल्यवृद्धि गराएको छ ।
 
अन्र्तराष्टिय बजारमा कपर, प्लाष्टिक तथा कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै हाउस वायरिङ्ग तारको  मूल्यमा वृद्धि गर्नुपरेको निमाका महासचिव तथा युनाइडेड केबुलका सिइओ सुवोध खनालले हामीसँगको कुराकानीमा बताए । उनले भने, हाउस वायरिङ्ग तारमा क्रमशः  ०.७५ स्क्वयर एमएम को साईजमा १८ प्रतिशत, १.०० स्क्वयर एमएम को साईजमा २३.७५ प्रतिशत,१.५स्क्वयर एमएम को साईजमा २६.५प्रतिशत,२.५ स्क्वयर एमएम को साईजमा २२.२० प्रतिशत,४.०० स्क्वयर एमएम को साईजमा २१.७५ प्रतिशतले मूल्यवृद्धि भएको बताए । 
  
निमाले यसभन्दा पहिले मंसिर १० देखि लागु हुने गरी  १५ प्रतिशत र गत माघ महिनामा १० प्रतिशतले मूूल्यवृद्धि गराएको थियो । मूल्य बढाएको तीन महिना कै अन्तरालमा पुन हिजो बैशाख १५ गते देखि लागु हुने गरी केबुलको साइज अनुसार मूल्यवृद्धि भएकोे छ । 
 
  करिब १८ प्रतिशत देखि २६ प्रतिशतसम्म मुल्यवृद्धि भएको छ । महामारीका बीचमा पनि तारको मुल्यवृद्धि भएको प्रति विद्युतीय व्यवसायीले असन्तुष्टि जनाएकोे छ । विभिन्न कारण देखाउँदै निमाले हाउस वायरीङ्ग तारको मुल्यवृद्धि गराउँदै आएपनि केही व्यवसायी व्यवसायी बीच नै भिन्नमत देखिदै आएको छ । अधिकांश निमामा आवद्ध उद्योगीहरुले कपरको मूल्य बढेको समयमा केबुलको मूल्य बढाएपनि मूल्य घट्दा केबुलको मूल्य नघटाउने गरेको प्रति व्यवसायीहरुले उद्योगीहरुप्रति  गुनासो गरेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago