भर्खरै

दूधकोसी जलविद्युत् आयोजनाः डुबान क्षेत्रको स्रेस्ता तयार हुँदै

  • प्रकाशित मिति : शुक्र, बैशाख १०, २०७८
  • - Admin
title
सोलुखुम्बु १० वैशाख । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका भूभागलाई प्रभावित पार्ने गरी रभुँवाघाटमा निर्माण गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने क्षेत्रको स्रेस्ता तयार गर्ने काम धमाधम भइरहेको छ।
 
राष्ट्रिय गौरवको आयोजनामा पर्ने उक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने जग्गाधनीलाई मुआब्जा दिएर अधिग्रहण गर्ने उद्देश्यले जग्गाको स्रेस्ता उतार्ने काम सुरु गरिएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६, भदौरेको सिमानामा पर्ने रभुँवाघाटबाट उत्पादन गर्न लागिएको उक्त जलाशययुक्त जलविद्युत् आयोजनाले ओगट्ने जग्गामध्ये रावाबेँसी गाउँपालिका (खोटाङ) भित्रका जग्गाको स्रेस्ता उतार्ने काम सकिएको छ।
 
हाल जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका र सोलुखुम्बुभित्रका जग्गाको स्रेस्ता उतार्ने काम भइरहेको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले बताए । समुद्री सतहबाट ६५० मिटर उचाइसम्मका जग्गा उक्त जलाशययुक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख छ ।
 
ईआईए प्रतिवेदनमा तीन जिल्लाका एक हजार १५० घरधुरी स्थानीय बासिन्दा डुबानबाट प्रभावित हुने उल्लेख भए पनि आयोजनाबाट करिब दुई हजार पाँच सय घरधुरी प्रभावित हुने अनुमान गरिएको छ । तीन जिल्लाको व्यापारिक केन्द्रसमेत रहेको रभुँवाघाटमा निर्माण गरिने बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा १०, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने जनाइएको छ ।
करिब १९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिने उक्त आयोजनाबाट सात लाख १० हजार १० वर्गमिटर खेतीयोग्य जमिन, तीन हजार ३२० वर्गमिटर क्षेत्रफल जमिनमा लगाइएको फलफूलको बगैँचा, ४६ लाख ८६ हजार ७२९ वर्गमिटर क्षेत्रफल रहेको सिञ्चित जमिन (खेत), १० लाख २२ हजार ८७० वर्गमिटर पाखोबारी, एक हजार २२२ वर्गमिटर क्षेत्रफल रहेको माछा मार्ने ठाउँ, एक लाख ५५ हजार ४४३ वर्गमिटर निजी वन र ३४ हजार ३२१ वर्गमिटर क्षेत्रफलमा फैलिएको सामुदायिक वन डुबानमा पर्ने जनाइएको छ ।
-गोरखापत्र अनलाईन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago