भर्खरै

कर्णालीमा इन्टरनेट सेवा अवरुद्ध

  • प्रकाशित मिति : बुध, बैशाख ८, २०७८
  • - रासस
title
मुगु, ८ वैशाख । हप्ता दिनदेखि कर्णालीका पाँच जिल्लामा इन्टरनेट सेवा अवरुद्घ भएको छ । यही वैशाख २ गते दैलेख र कालीकोट सिमाना महावुलेकमा रहेको नेपाल टेलीकमको रेडियो लिङ्कमा चट्याङले हानेपछि इन्टरनेट अवरुद्घ भएको हो ।
 
कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा इन्टरनेट सेवा नहुदा सेवा लिने र दिने कार्यमा समस्या भएको छ । रेडियो लिङ्कमार्फत नेपाल टेलिकमले दिँदै आएको फोरजी सेवा र एडिएसएल सेवा अवरुद्घ भएपछि मुख्य गरी बैंक तथा वित्तीय सस्थाको सेवा प्रवाहमा समस्या परेको हो ।
मुगुका पाँच वाणिज्य बैंक र दर्जन बढी अन्य सहकारीले आफ्नो वित्तीय सेवा एडिएसएल मार्फत दिँदै आएका थिए । यो सेवा अवरुद्घ भएपछि अहिले ती सस्थालाई नगद भुक्तानी, जम्मा, ऋण लगानी, किस्ता जम्मालगायत कार्यमा समस्या भएको वाणिज्य बैंक मुगुुका प्रवन्धक हरिन्द्र बोहोरा बताए । 
राष्टिय वाणिज्य बैंक मुगु शाखाले नेपाल टेलिकमको एडिएसएल सहित मर्कनटाइलको कम्पनीको सेटेलाइट इन्टरनेट सेवा पनि राखेकोले बैंकमा आउने सेवाग्रहीले ढिलो भएपनि सेवा पाइरहेका छन् तर एनटिसी कै भरमा चलेका अन्य बैक तथा वित्तीय सस्थाले भने हप्ता दिनयताबाट आफ्ना सेवा दिन सकिरहेका छैनन् । 
टेलिकम मुगुका प्रमुख विशालकुमार देवकोटाले महावुमा बिग्रेको उपकरण मर्मत गर्न प्राविधिक टोली बुधबारै विहान हिडिसकेको बताए । उनले मौैसममा आएको परिवर्तनका कारण टोलीलाई महावुलेक चढन समस्या आएकाले सेवा अवरुद्घ लम्बिएपनि बिहिवारसम्म अवरुद्घ इन्टरनेट सेवा सञ्चालनमा आउनेछ भने । गत चैत महिनाको १० गतेबाट पनि एक हप्तासम्म सो क्षेत्रमा इन्टरनेट सेवा अवरुद्घ भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago