भर्खरै

मध्यभोटेकोसीलाई १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्न पाउने अनुमति

  • प्रकाशित मिति : बुध, बैशाख ८, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका सेयर निष्कासन गर्न 
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
 
प्रतिकित्ता १ सय रुपैयाँ अंकित १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासन अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा स्वपुँजी लगानीको २५ प्रतिशत हुन आउने सेयर निष्कासन गर्न बोर्डले बैशाख ५ गते अनुमति दिएको हो ।
 
कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये ६० लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । बाँकी ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
 
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटलाई बिक्री प्रबन्धक तोकिएको छ । 
 
आइपिओ भर्नेमध्ये कमैले मात्रै पाएको अवस्थामा यस आयोजनाको आइपिओ भने अधिकांशले पाउने भएका छन्। बोर्डको स्वीकृति पाइसकेको आयोजनाले अबको २ महिनाभित्र आइपिओ जारी गर्नेछ। 
 
सिन्धुपाल्चोकमा निर्माणाधीन यस आयोजनाको क्षमता १०२ मेगावाट रहेको छ। आयोजनाबाट वार्षिक ५९ करोड युनिट विद्युत बिक्री हुने अनुमान छ।
 
आयोजनाको १५ अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ। अनुमानित लागतअनुसार प्रतिमेगावाट १४ करोड ७० लाख लाग्नेछ। तर समयावधि लम्बिँदै जाँदा आयोजनाको लागत थप बढ्न सक्नेछ। 
 
कुल सेयरमा ४९ प्रतिशत सेयर सर्वसाधारणलाई र ५१ प्रतिशत संस्थापक समूहको रहनेछ। संस्थापकमा चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ। 
 
आयोजनाको बाध मार्मिङ ९ चाकुमा र पावर हाउस जम्बुमा रहनेछ भने ७.२ किलोमिटर लामो सुरुङमार्ग हुनेछ।
 
३४ मेगावाट क्षमताका ३ युनिटबाट १०२ मेगावाट उत्पादन क्षमता रहनेछ। सन् २०११ मै विद्युत प्राधिकरणसँग खरिद सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago