भर्खरै

प्रधानमन्त्री तथा मन्त्रीहरुलाई उद्घाटन र शिलान्यास गर्न दौडधुप

  • प्रकाशित मिति : बुध, बैशाख १, २०७८
  • - विकास सापकोटा
title

काठमाडौं १ बैशाख । पछिल्लो समय देशको शासनसत्ता र हाइहुकुम चलाई बसेका प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुले केही महिनायता देखि सरकारी कामभन्दा विभिन्न आयोजना उद्घाटन र शिलान्यासलाई तीव्रता दिइरहेका छन् ।
सरकारको उच्च अहोदामा रहने मुख्य व्यक्तिले निर्माण नै पुरा नभएका विकासका आयोजनाहरुको धमाधम शिलान्यास गर्न दौडधुप गरिरहेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारको राजनीतिक प्रभाव देखाउन अहिले विकास आयोजनाको शिलान्यास र उद्घाटनमा व्यस्त देखिएका छन् । मन्त्रीहरूले सरकार गठन हुनु अगावै निर्माण सुरु भएका आयोजनाको समेत शिलान्यास गरेका छन् ।
 
सरकारको सस्तो लोकप्रियता कमाउन कै लागि प्रधानमन्त्री ओली तथा मन्त्रीहरुले यस्ता विकासका कार्यहरु अधुँरा रहेका आयोजनाहरुको शिलान्यास गरिरहेको देखिन्छ । जनताको सेवा सुविधाको लागि भन्दा पनि आफ्नो राजनीतिक उद्देश्य प्राप्तिका लागि यस्ता गतिविधि गरेकोमा नागरिक तहबाटै यसको आलोचना हुन थालेको छ । नागरिक तहबाट आलोचना भईरहेपनि प्रधानमन्त्री, संघीय मन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूले भने उद्घाटन र शिलान्यासलाई नै निरन्तरता दिइरहेको पाइएको छ ।
हालसालै मात्र बालुवाटारबाटै प्रधानमन्त्री ओलीले २१ चैत (शनिबार) १६५ वटा निर्वाचन क्षेत्र मध्ये हरेकमा एकएक वटा पर्ने गरी रणनीतिक सडक पूर्वाधारहरू को एकैपटक शिलान्यास गरेका छन् । जुन कि यी आयोजनाहरुको निर्माण कार्य पूरा भएकै छैन । बजेट सुनिश्चितता नै नभएको आयोजना बालुवाटारबाटै शिलान्यास गरेर सस्तो लोकप्रियता कमाइरहेको छ । 
 
अझैपनि बजेटको सुनिश्चिता नै नभएको, आयोजना कहिले सुरु भएर कहिले सकिने टुंगो नभएको र निर्माण मोडालिटीसमेत तय भई नसकेका सहितका आयोजनाहरुको पनि उद्घाटन र शिलान्यास गर्ने तयारी भइरहेको सञ्चार माध्यमहरुमा सुन्न र देख्न समेत सकिन्छ । देखिरहेको छ । प्रधानमन्त्रीको यस्तो किसिमको कामले आम जनमानसमा एक किसिमको नकारात्मक सन्देश प्रवाह भइरहेको छ । सरकारले अघि बढाएका हरेक आयोजनाहरु समय सीमाभित्र सम्पन्न भएको पाइदैन । यी समयमा सम्पन्न हुन नसकेका आयोजनाहरुको समस्या समाधान तर्फ राज्यको ध्यान नदिने अनि उद्धघाटन र शिलान्यासमा मात्र ध्यान दिने ? सरकारले उद्धघाटन र शिलान्यासलाई मात्र होइन विकासमा अवरोध आएर निर्माण कार्यमा ढिलाई भएका हरेक आयोजनाको समस्या समाधानमा पहिले ध्यान पु¥उयनु आवश्यक छ । समस्या समाधान गरेर निर्माण सकेपछि गरेको उद्धघाटन तथा शिलान्यासले मात्र शोभनीय हुन्छ ।  
 
कोभिड–१९ लाई कारण देखाउँदै झन्डै एक वर्षदेखि सिंहदरबारमा मन्त्रिपरिषद् बैठकसमेत नगरेका प्रधानमन्त्री ओलीले पछिल्लो केही समय यता भने यस्ता थुप्रै आयोजनाको उद्घाटन, शिलान्यास, निरीक्षण र अनुगमन गर्न भ्याएका छन् । मन्त्रीहरूले विकास आयोजना सञ्चालनको जस लिनका लागि मन्त्रीहरूमा उद्घाटनको मोह बढेर शिलान्यासको होडबाजी चलेको हो भन्ने आम जनताहरुको मानपटलमा गुञ्जिन थालेको छ । 
शिलान्यास भएका धेरै आयोजनाहरुको काम भई नै राखेको छ भने कतिपयको मोडालिटी नै तयार भएको छैन । तर ओलीलाई भने आफ्नो नाम शिलापत्रमा लेखाउन हतारो भएको हो या केही दिनपछि आफू प्रधानमन्त्रीबाट हट्ने भएकाले अहिले नै आफ्नो नाम लेखाउन मन लागेर हो, अधुरो संरचनाको एउटा भव्य समारोह बीच नै उद्रघाटन गर्दै आइरहेको पाइन्छ । अब सरकारले उद्धघाटन र शिलान्यासको लागि गरेको होडबाजी जस्तै विकासका आयोजनाहरुलाई  समयमा नै सक्न र जनतालाई सेवासुविधा पु¥याउन होडबाजी गरेको जनताहरु देख्न चाहन्छ । त्यसैले सरकार शिलान्यास र उद्धघाटनमा होइन विकास निर्माणमा ध्यान पुर्‍याउनु पर्‍यो ।

प्रतिक्रिया