भर्खरै

सि.जि प्रोड्क्ट प्रयोग गर्दा नेपालीपन झल्किन्छ

  • प्रकाशित मिति : बुध, चैत २५, २०७७
  • - मनमोहन झा/सेल्स म्यानेजर, सि.जि इम्पेक्स प्रा.लि.
title

नेपालमा साना घरायसी सामग्री देखि ठूला उद्योग सम्म चौधरी ग्रुप (सि.जि) का इलेक्ट्रोनिक सामग्री बढी मात्रामा प्रयोगमा छन् । जसकारण सि.जि ब्राण्ड नेपालको नम्बर एक इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा परिचित छ । सि.जि का स्मार्ट होम एप्लाइन्सेस अन्तर्गत रहेर इलेक्ट्रोनिक्स ब्राण्डका कस्ता–कस्ता सामग्रीहरु बजारमा ल्याइएको छ, नेपाली ब्राण्ड भएकै कारण उपभोक्ताहरुको रोजाई कस्ता सामग्रीहरु पर्दछ, सामग्रीहरुको गुणस्तरको विषय, स्वदेशी कम्पनीलाई सरकारले हेर्ने दृष्टिकोण लगायतका विषय वस्तुलाई मध्यनजर गर्दै सि.जि इलेक्ट्रोनिक्स प्रा.लि.को स्मार्ट होम एप्लाईन्सेस अन्तर्गतका सेल्स म्यानेजर मनमोहन झासँग विद्युत संसारका शिखर श्रेष्ठ र प्रदिप श्रेष्ठले गरेका कुराकानीको सम्पादित अंशः
  • मनमोहन झा/सेल्स म्यानेजर, सि.जि इम्पेक्स प्रा.लि. 

तपाईको परिचय बताईदिनुहोस् न ?
म विगत ११ वर्ष देखि सिजीमा कार्यरत छु । सि.जि को स्मार्ट होम एप्लाइन्सेस् सँगै पिजन र ब्ल्याक डेकर ब्राण्डको सेल्स म्यानेजरको रुपमा म कार्यरत छु ।
 
सि.जि इलेक्ट्रोनिक्सको बारेमा पनि केही बताई दिनुहोस न ?
नेपालमा सबै भन्दा धेरै चिरपरिचित भएकै कारण सि.जि नेपालको नम्बर एक इलेक्ट्रोनिक्स ब्राण्ड हो । सि.जि इलेक्ट्रोनिक्समा ठूला उद्योगहरुदेखि साना घरायसी सामग्रीसम्मका सि.जिका इलेक्ट्रोनिक्स प्रोड्क्टहरु बजारमा उपलब्ध छन् । यस कम्पनीले उपभोक्तामुखि घरमा प्रयोग हुने तथा विद्युतीय यान्त्रिक सामग्रीहरु उत्पादन र जडान गरी बजारमा उपलब्ध गराउने साथै निर्धारित मापदण्ड पुरा गरी आफ्ना उपभोक्ताको सन्तुष्टि पूर्ति गर्न बिक्रि पश्चात्को सेवा गर्ने नीति लिएको छ ।   
कुनैपनि घरका उपभोक्तालाई इलेक्ट्रोनिक्सका के–के सामग्रीहरु आवश्यकता छ, ती सामग्रीलाई ध्यानमा राखेर उकृष्ठ गुणस्तरीयताका साथ सि.जि ले आफ्ना इलेक्ट्रोनिक्स सामग्री नेपाली बजारमा ल्याइरहेको छ । 
सि.जि ले धेरै बजार क्षेत्रमा उपभोक्ताहरुलाई सेवा सुविधा पु¥याउने हिसाबले सर्भिस सेन्टरहरु स्थापना गरेर ठूलो सर्भिस नेटवर्क सञ्जाल बनाउन सफल भएको छ । हामीले बजार क्षेत्रमा मात्र नभएर गाउँ–गाउँमा समेत सेवा पु¥याईरहेका छांै । सम्भवत् नेपालको सबै जिल्लाहरुमा सिजीको पहुँच पुगेको अवस्था छ ।
आधुनिक र प्राविधिक परिवेशमा उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै सि.जि ले भविष्यमा नै विभिन्न प्रकारका सामग्री ल्याउने योजनामा छ ।
 
 
सि.जि इलेक्ट्रोनिक्सको विभिन्न ब्राण्डका सामग्रीको गुणस्तर र विषेशताहरुको बारेमा  बताईदिनुहोस न ?
सि.जि इलेक्ट्रोनिक्समा धेरै ब्राण्डहरु रहेका छन् । मेरो कार्यक्षेत्र अन्तर्गत सि.जि ब्राण्डमा होम एप्लाइन्सेस सँगै पिजन ब्राण्ड हो । जुन किचनमा आवश्यक पर्ने सबैजसो सामग्रीहरु पर्दछन् । अर्को अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा अमेरिकन ब्राण्ड ब्याल्केन डेकर प्रिमियम ग्राहकको लागि हो । यसमा घरायसी देखि ठूला होटल तथा रेष्टुरेन्टहरुमा आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक्स सामग्रीहरु पर्दछन् ।
नेपालकै सन्दर्भमा हेर्दा फरक घरमा फरक भोल्टेज गइरहेको हुँदा हामीले नेपाली बजारको अवस्था र परिवेशलाई हेरेर कस्ता सामग्री उपयोगी छ भन्ने ध्यानमा राखेर मात्र सामग्रीहरु बजारमा ल्याइरहेका हुन्छौं । जसकारण पनि हाम्रा सम्पुर्ण सामग्रीहरु वातावरण तथा बदलिँदो प्रविधिमैत्रीका साथै गुणस्तरीय छन्  । 
हाम्रो कुनैपनि सामग्री बजारमा ल्याउनु अघि हाम्रो आर.एन.टी डिपार्टबाट अनुसन्धान हुन्छ । जसकारण कुन सामग्री कुन ठाउँको लागि उपयुक्त छ वा छैन स्पष्ट भएपछि मात्र बजारमा पुग्दछ । हाम्रा सम्पूर्ण सामग्रीहरु न्यूनतम एक वर्ष देखि पाँच वर्ष सम्म वारेन्टी रहेको छ ।  
 
स्मार्ट होम एप्लाईन्सेस अन्तर्गत कस्ता र कुन–कुन सामग्रीहरु नेपाली बजारमा ल्याउनु भएको छ ?
सि.जि को नारा नै छ “प्रेरणादायी जीवन” जसअन्तर्गत स्मार्ट होम एप्लाईन्सेसमा अहिलेको आधुनिक युगको कुनैपनि घरलाई प्रविधियुक्त र आधुनिकीकरण बनाउनका निम्ति आवश्यक पर्ने सबै किसिमका सामग्रीहरु रहेका छन् ।
घरको भान्साका प्रयोग हुने सामग्रीहरुमा छिटो र स्वस्थ खानाका लागि विभिन्न साइज तथा मोडलमा राईस कुकर, कुकर स्टील टोसर लगायत खाना बनाउने ग्यास चुलो, इलेक्ट्रिक चुलो, इलेक्ट्रिक ओभन, टोसर , मिक्सर ग्राइन्डर, चिम्नी, जुस मिक्सरहरु रहेका छन् । जुन विभिन्न साईज र मोडल अनुसार फरक मूल्यमा पाइन्छ । यी सबै सामग्रीहरुमा एक वर्ष देखि दुई वर्ष सम्मको वारेन्टी रहेको छ ।
त्यस्तै जाडो सिजनको लागि, इलेक्ट्रिक किट्ली, रुम हिटर, ग्यास रुम हिटर, फ्यान हिटर, इलेक्ट्रिक गिजर, ग्यास गिजर लगायतका सामग्रीहरु रहेका छन् । यी सबै सामग्री पनि विभिन्न साइज र मोडल अनुसार फरक मूल्यको छ भने सबैमा एक वर्ष सम्मको वारेन्टी रहेको छ । 
त्यसैगरी गर्मी मौसमका लागि सिजीका आकर्षक फ्यानहरु बजारमा उपलब्ध छन् । जसमा सिलिङ्ग फ्यान, स्ट्याड फ्यान, टेवल फ्यान, वाल फ्यान, Purpose फ्यान, Exhaust फ्यान रहेका छन् । सबै फ्यानहरु साइज र मोडल अनुसार फरक मुल्यका छन् भने सबैमा एक वर्ष देखि दुई सम्मको वारेन्टी रहेको छ । 
त्यस्तै वाटर डिस्पेन्सर, आइरन, वाटर पियुरीफायर, फ्रुट एण्ड भेजिटेवल पियुरीफायर, भ्याकुम फ्लास्क, थर्मस, टेलिफोन सेट, चोपरहरु रहेका छन् । जुन विभिन्न डिजाइन र साइजमा उपलब्ध रहेका छन् । यी सबै सामग्रीहरुको साइज र डिजाइनको आधारमा मूल्य फरक फरक छ भने सबै सामग्रीहरुमा वारेन्टी समेत रहेको छ ।
 
 
गर्मी मौसममा फ्यान उपभोक्ताको पहिलो रोजाईमा पर्ने गर्दछ, सि.जि ले बजारमा ल्याएका फ्यानको बारेमा बताईदिनुहोस् न ?
गर्मी मौसमका लागि उपभोक्तालाई नै मध्यनजर गरेर सिजीका धेरै नै आकर्षक फ्यान बजारमा ल्याएको छ । जस्तै सिलिङ्ग फ्यान, स्ट्याण्ड फ्यान, टेबल फ्यान, वाल फ्यान, एगचउयकभ फ्यान, भ्हजबगकत फ्यान रहेका छन् । 
सिलिङ्ग फ्यान अन्तर्गत २० मोडलमा उपलब्ध छन् जसको विभिन्न मोडल र साइज अनुसार सिलिङ्ग फ्यानको बजार मूल्य २,२८० देखि १२,५७० सम्म रहेको छ । यी फ्यानहरु २४ इन्च देखि ४८ इन्च सम्मको साइजमा उपलब्ध छ । 
यसैगरी स्ट्याण्ड फ्यान अन्तर्गत फराटा र रिर्चाजएवल सहित १३ वटा मोडलका फ्यानहरु हामीले ल्याएका छौं । जसमा फराटा फ्यान धेरै मानिसहरु भएको ठाउँको लागि अति उपयुक्त हुन्छ भने रिचार्जएवल फ्यान बत्ति नभएको समयमा पनि प्रयोगमा ल्याउन सकिन्छ । यसमा पुरा चार्ज भएको खण्डमा ३ घण्टा सम्म प्रयोग गर्न सकिन्छ । सबै स्ट्याण्ड फ्यानमा वारेन्टी समावेश गरिएकोे छ । स्ट्याण्ड फ्यानको साइज र मोडल अनुसार बजार मूल्य ३२१० देखि ७२५० सम्म लिन सकिन्छ ।
त्यस्तै हाम्रो वाल फ्यान पनि चार मोडलमा पाउँन सकिन्छ । जसको बजार मूल्य ३३५० देखि ४४७० सम्म रहेको छ भने टेबुल फ्यानमा एक मोडल मात्र पाउँन सकिन्छ । जसको मूल्य रु.३९१० रहेको छ । हाम्रा यी सबै फ्यानहरुले ५५ देखि ७५ वाट सम्म विद्युत खपत गर्ने गर्दछ । यी फ्यानहरुमा मध्ये केही फ्यानमा रिमोट सिस्टम समेत रहेको छ । त्यस्तै वारेन्टीको हिसाबले फ्यानमा एक वर्ष देखि दुई वर्ष सम्मको वारेन्टी रहेको छ । 
 
प्रायः उपभोक्ताको प्रमुख प्रश्न, सि.जि का सामग्रीहरु स्वदेशमा नै उत्पादन हुन्छन् भन्ने छ नि ?
हामीले बजारमा ल्याएका सबै सामग्रीहरु स्वदेशमा नै उत्पादन भएका भने होईन । केही सामग्री भने बाहिरी देशबाट आयात गर्ने गर्छौं । हामीले नेपाल बाहिरबाट आयात गर्ने सामग्री पनि सिजी ब्राण्ड नै बनाएर आयात गरिरहेका हुन्छौं ।
यो भन्दैमा हामीलाई जस्तो सामग्री आवश्यकता पर्दछ त्यस सामग्रीको गुणस्तर मापन गरेर मात्र आयात गर्ने गर्दछौं । हामी हाम्रा सामग्रीहरुको गुणस्तरमा कहिले पनि न्यून गुणस्तरको सिफारिस गर्ने गर्दैनौं । 
विविध समस्याका कारण नेपालमा उत्पादन गरेको सामग्री र आयात गरिएका सामग्रीहरुमा समानता नै रहन्छ । त्यसैले पनि अन्य उद्योगीहरुले तयारी सामग्री नै ल्याउन रुचाउने गर्दछन् ।
 
सामग्री आयात गर्दा र स्वदेशमा नै उत्पादन गर्दा त्यसमा लाग्ने खर्चमा कुनैपनि भिन्नता छैन भन्न खोज्नु भएको हो ?
स्वदेशमा नै सामग्री उत्पादन गर्ने विषयमा सर्वप्रथम सरकारको भुमिका ठूलो रहन्छ । नेपालमा केही उद्धेश्य बोकेर स्थापित भएका उद्योगीहरुका काम गर्ने अनुकुल वातावरण आवश्यक रहन्छ र त्यो वातावरण सिर्जना गरिदिनु सरकारको पनि दायित्व रहन्छ । 
कुनै उद्योग स्थापना हँुदै गर्दा सरकारले स्थापनाकाल देखि कर, भन्सार तथा कच्चापदार्थ आयात सम्ममा सहुलियत दिएर स्वदेशी उद्योगलाई हौसला बढाउनु आवश्यक रहन्छ तर विडम्बना भनौं सरकारको यस तर्फ ध्यान पुग्नसकेको छैन । सरकारले ध्यान पु¥याउन नसकेकै कारण उद्योगीहरु ले स्वदेशमा नै उत्पादन गर्ने सामग्रीमा र बाह्य मूलुकबाट आयात गर्ने सामग्रीमा खासै अन्तर पाउन सकेको छैन ।
स्वदेशमा नै सामग्रीहरु उत्पादन गर्न तर्फ सरकारको ध्यान जाने थियो भने नेपाली उद्योगीहरुलाई आर्थिक भारमा कमी आउनुका साथै गुणस्तरीय सामग्री उत्पादन गरेर देशकै अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने थियो । 
 
 
सि.जि ब्राण्ड नेपालको नम्बर एक इलेक्ट्रोनिक ब्राण्ड बनिरहँदा केही कम्पनीले विना ब्राण्डका सामग्रीहरु सस्तोमा बिक्रि वितरण गरिरहेका छन् यसलाई कसरी लिनुहुन्छ ?
यस्ता विषयमा पहिलो त नेपालको कानुन नै फितलो हो कि जस्तो पनि लाग्छ । मैरो बुझाईमा धेरै व्यवसायीले न्यून मूल्यांकन गरेर सामग्री नेपालमा ल्याएका हुन्छन् यो गलत हो । यो सँगै उपभोक्ता पनि जिम्मेवार हुन जरुरी छ । 
तर सि.जि का कुनै पनि सामग्री कम गुणस्तरको छैन् । बजारमा हाम्रा सामग्रीको माग र प्रयोगको मुल्याङ्कनले पनि सि.जि उकृष्ट गुणस्तरीयताको उदाहरण बन्न पुगेको छ ।
 
अन्तमा आम इलेक्ट्रोनिक्स सामग्री प्रयोग गर्ने उपभोक्तालाई सि.जि को तर्फबाट के सन्देश दिन चाहनुहुन्छ ?
म आम उपभोक्ताहरुलाई पहिले त आफूले प्रयोग गर्ने सामानको मूल्य भन्दा पनि गुणस्तरलाई ध्यानदिनु होला भन्न चाहन्छु । आफ्नो स्वदेशी उत्पादनलाई कुन स्तरमा पु¥याउने भन्ने कुरा उपभोक्ताको हातमा हुने भएकोले पहिलो प्राथमिकता स्वदेशी उत्पादनलाई नै दिनुहोला । बजारमा सबै खालका सामग्री पाइन्छ जसमा स्वदेशी र गुणस्तरीय सामग्रीलाई प्राथामिकताका साथ बुझौं र प्रयोग गरौं ।
एक जिम्मेवार नागरिकले गुणस्तरीय स्वदेशी सामग्री प्रयोग गर्दा देशमा रोजगारी बढ्नुका साथै आफु र देशको अर्थतन्त्रलाई नै फाइदा पु¥याउन मद्दत पुग्दछ ।
   नेपाली सामग्री पनि विदेशी ब्राण्डका सामग्रीहरुसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने उदाहरण सि.जि ले दिएको छ । 
सिजिका सबै सामग्रीहरु अन्तर्राष्ट्रिय ब्राण्ड बराबरको गुणस्तर, आकर्षक डिजाइन र फिचरहरुमा उपलब्ध छ । यसैले हाम्रो प्रोड्क्टहरु उत्साह रुपमा प्रयोग गर्दा जहाँ आफ्नोपन झल्कने छ ।

प्रतिक्रिया