भर्खरै

रुरुको आईपीओ आज देखि निष्कासन, कहिले सम्म दिन सकिन्छ आवेदन ?

  • प्रकाशित मिति : शनि, चैत २१, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, चैत । रुरु जलविद्युत आयोजनाले आज शुक्रबारदेखि आइपीओ निष्कासन गरेको छ । 
कम्पनीले रु.१०० अंकित दरमा रु.२० रुपैंया थप गरेर रु.१२० रुपैंया प्रतिशेयरका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेको हो । 
निजी क्षेत्रबाट प्रवद्र्धित उक्त परियोजनाले खुल्ला गरेको आइपीओमा छिटोमा चैत्र २४ गतेसम्म र त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा बैशाख ३ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । 
 
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने रुरु पहिलो जलविद्युत कम्पनी हो । कम्पनीले निष्कासन गरेको आईपीओमध्ये ८ हजार १ सय ५४ कित्ता कर्मचारीलाई, २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारणलाई छुट्याइएको छ । 
 
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपाल लिमिटेडले रुरुलाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago