भर्खरै

मध्यभोटेकोशीले १ करोड ५० लाख कित्ता साधारण शेयर निष्कासन गर्दै

  • प्रकाशित मिति : Wed-31-Mar-2021
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, चैत । मध्यभोटेकोशी जलविद्युत कम्पनीले १ करोड ५० लाख कित्ता आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । 
 
कम्पनीले प्रतिशेयर रु.१ सय अंकित दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने तयारी गरेको हो । 
 
कम्पनीले निष्कासन गर्ने आइपीओ मध्ये सर्वसाधारणलाई १५ प्रतिशत, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५ र आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत शेयर दिइने कम्पनीले जनाएको छ । 
 
कम्पनीले शेयर निष्कासनका लागि २०७६ माघ १० गते निवेदन दर्ता गराएको थियो । उक्त निवेदन अन्तिम चरणमा पुगिसकेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले यसअघि सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीका लागि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता शेयर बिक्री गरिसकेको छ ।
 
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको व्याजसहित १५ अर्ब रूपैयाँ लागत लाग्ने अनुमान छ । आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण आयोजनाको म्याद थप गरिएको थियो । संशोधित कार्यतालिकाअनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएपनि अझै सकिएको छैन । 
 
आयोजनामा कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड ऋण लगानी गरेको छ । आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक÷एक प्रतिशत संस्थापक शेयर रहने छ ।

प्रतिक्रिया