‘ब्रिलेन्ट ब्रान्ड’ लाईटिङ्ग क्षेत्रको एक विशिष्ट रुप हो
- प्रकाशित मिति : बुध, चैत १८, २०७७
- - विद्युत संसार
म महोत्तरी जिल्लामा जन्मिएर विगत सात वर्ष देखि विद्युतीय क्षेत्रमा आफुलाई सामेल गर्दै आएको छु । हाल म एसएमजी ग्लोबलमा मार्केटिङ्ग म्यानेजरको रुपमा कार्यरत छु ।
विगत सात वर्ष देखि ब्रिलेन्ट एलईडी उद्योगबाट बजारमा विद्युतीय सामग्री ल्याउँदै गर्दा गत आर्थिक वर्षदेखि एसएमजी ग्लोबलबाट हामीले ब्रिलेन्ट ब्रान्डका लाईटिङ्गका विद्युतीय सामग्रीहरु बजारमा पुर्याएका छौ ।
ब्रिलेन्ट ब्रान्ड नै किन ?
एसएमजी ग्लोबल कम्पनी यस्तो कम्पनी हो जसले ब्रिलेन्ट ब्रान्डका गुणस्तयुक्त विद्युतीय लाईटिङ्गमा हामीलाई आवश्यक पर्ने जस्तो सुकै सामग्री नेपाली बजारमा ल्याएका छौं ।
विद्युतीय क्षेत्रमा पनि लाईटिङ्गलाई प्राथमिकता मा राखेर अन्य कम्पनीको गुणस्तरीय, आकर्षक, उपयुक्त मूल्य,वातावरण तथा प्रविधि मैत्री लगायत विविध विषयलाई विशेष प्राथमिकताका साथ नेपाली बजारमा भित्राएका हौ ।
ब्रिलेन्ट एक भारतीय कम्पनी हो । विद्युतीय सामग्रीहरुको पार्टपुर्जा भारतबाट आयात गरी नेपालको भैरहवामा ल्याएर एसएमबल गरिन्छ । हामीले आयात गरेका सबै पार्टहरुको गुणस्तर चेकजाँच गरी कुन स्तरको गुणस्तर छ भनि जाँचेरमात्र बजारमा लैजाने गर्छाै ।
हामीले बजारमा प्यानल सेरिज, सर्फेस सेरिज, डाउन लाईट सेरिज, ट्रयाक लाईट, स्ट्रिप लाईट, पावर सप्लाई, स्ट्रिट लाईट, फ्लटलाईट, एलईडी बल्ब, एईडी टुयुव लाईट जस्ता ब्रिलेन्टका सामग्रीहरु नेपाली बजारमा ल्याएका छौं । हाम्रा सम्पूर्ण सामग्रीहरु पूर्णरुपमा गुणस्तरीय छन् । त्यसैले हरेक उपभोक्ताहरुले निश्चिन्त भएर प्रयोग गर्नुहोला । हाम्रा सबै प्रोडक्टहरुमा वारेन्टी छ । अझ उपभोक्ताहरुलाई उपभोग गर्न सहजका निम्ति हामीले एउटै सामग्री दुई किसिममा बजारमा उपलब्ध गराएका छौ । जुन मूल्यको हिसाबले केही सस्तो र महँगो मूल्यका छन् । सस्तो लाइटिङ्गमा एक वर्षको वरेन्टी दिएका छौं भने केही महँगो लाइटिङ्गलाई दुई वर्ष वारेन्टी दिएका छांै । इन्डियन कम्पनीका विद्युतीय सामग्री त्यसमा पनि लाइटिङ्गका क्षेत्रमा ब्रिलिन्टकै सामग्री बजारमा गएका छन् । त्यसमा पनि मूल्यको हिसाबले उपयुक्त मूल्यमा हामीले जति अरु कम्पनीहरुले उपभोक्तामाझ पु¥याउन सकेका छैनन् ।
यस ब्रान्डका सामग्रीहरु नेपालको सम्पूर्ण ७७ वटै जिल्लाहरुमा पुगेको छ । यो नै हाम्रो लागि गौरवको कुरा हो । हामीले वितरकको रुपमा विराटनगर, बुटवल, वीरगञ्ज लगायत देशभर गरी ३० भन्दा बढी डिलरहरु स्थापित भएका छन् । जसमा प्रत्यक्ष र अपत्यक्ष गरी कयौं संख्यामा रोजगारी पाएका छन् ।
आकर्षकः
ब्रिलेन्ट ब्रान्डका सबै लाइटिङ्गका सामग्रीहरु सजावट, आकार र डिजाइनमा पनि सशक्त उत्पादन हो । सजावटी बत्तीहरूले भित्ता बत्तीहरू, बाथरूमको प्रकाश, छतको बत्ती, फ्लोर बत्तीहरू, र टेबल बत्तीहरू लगायत सम्पूर्ण लाईटिङ्गका सामग्री आकर्षकतामा समावेश छन् ।
हामीले बजारमा ल्याएका सामग्री आकर्षक रंग, आकार र गुणस्तरको साथ बनेको छ ।
विषेशताः
ब्रिलेन्ट ब्रान्डका सामग्रीहरु न्यानो, आरामदायी प्रकाश सानदार एलईडी लाइट्स एक सुखद प्रकाश अनुभव प्रदान गर्दछ । हाम्रा सबै बत्तीहरूमा प्रकाशको धेरै उच्च गुणहरू छन् । ऊर्जा बचतमा एक उपयुक्त ब्रान्ड हो । ब्रिलेन्ट एलईडी लगायत सामग्री तपाईंको सबै आवासीय, व्यावसायिक वा औद्योगिक इनडोर प्रकाशको आवश्यकताको लागि पूर्णता दिएको छ । हाम्रो सबै सामग्रीमा वारेन्टी समावेश गरिएको छ । ब्रिलेन्ट ब्रान्डका सामग्रीहरु कार्यालय तथा अफिस, खाली ठाउँहरू, मल, स्कूल, शोरूम र अस्पतालहरूको लागि उत्तम छ ।
व्यवसायमा योजनाः
हामीले कम्पनी मार्फत लाईटिङ्गका सामग्री नै प्राथमिकता दिएर लाईटिङ्गका सामग्रीहरुलाई नै पूर्णता दिएका
छौ । तर हामीले भविष्यमा लाईट्रिङ्ग सँगै विद्युतका अन्य सामग्रीहरु पनि नेपाली विद्युतीय बजारमा ल्याउने योजनामा छौ । केही समय भित्रमा नै स्वीचका सामग्रीहरु बजारमा ल्याउने योजनामा छौं । अन्य सामग्रीमा हाउस वायरिङ्ग तारमा हामीले प्रोड्क्सन नगरी भारतीय कम्पनीको गुणस्तरीय वायर आयात गर्ने सोचमा छौ ।
समस्याः
नेपालमा कुनै पनि व्यवसाय गर्दा मैले देखेको समस्या भनेको मूख्य त उपभोक्ताले सामग्रीहरुको क्यालिटीमा ध्यान नदिने हो अर्को भनेको क्रेडिटको समस्या हुन । कम्पनीले पनि सामग्रीहरु किनेर नै ल्याउने हुन भन्ने नसोचिदिने हुदाँ क्रेडिटहरुको समस्या बढेको छ । त्यसैले विद्युतीय व्यवसायी सबैले यस्ता समस्याको अन्त्य गर्नुपर्ने आजको आवश्यकता छ ।