भर्खरै

यसैसाता भित्र सिंगटीको आइपीओ बाँडफाँट हुने सम्भावना

  • प्रकाशित मिति : मंगल, चैत १७, २०७७
  • - विद्युत संसार संवाददाता
title
२ लाख ६४ हजार आवेदकले मात्र आइपीओ पाउने 
 
काठमाडौं, चैत । सिंगटी हाइड्रो इनर्जीले चैत ६ गतेबाट १० गतेसम्म १ सय रुपैयाँका दरले खुलाएको आइपीओको बाँडफाँट यसै साताभित्र हुनसक्ने सम्भावना रहेको छ ।
आइपीओ बाँडफाँटको जिम्मा पाएको कम्पनी मेगा क्यापिटलका अनुसार केही मात्रामा आवेदन रुजु गर्ने काम बाँकी रहेको र रुजु गर्ने काम सकिए लगतै बाँडफाँट गरिने जनाएको छ । 
 
आवेदन रुजु गर्ने काम अझै बाँकी रहेका कारण बाँडफाँट गर्ने मितिको टुंगो भने लागेको छैन । रुजुको काम सकिएमा यसै साता बाँडफाँट हुने र नसकिएमा अर्को साता लाग्ने बिक्री प्रबन्ध मेगा क्यापिटलले जनाएको छ । कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँट हुने छ ।  
कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेकोमा माग भन्दा ९.३४ गुणा बढी आवेदन परेको क्यापिटलले जनाएको छ । जसमा १६ लाख ३५ हजार ५ सय ३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन परेको छ । जसमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदनबाट संकलन भएको छ ।
 
सर्वसाधारणलाई बिक्री गरिएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा आवेदन दिएका मध्येबाट २ लाख ६४ हजार जना आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउने र १३ लाख ७१ हजार ५ सय ३७ जनाले आइपीओ पाउनबाट बञ्चित हुने छ । जसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । 
 
कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १ करोड ५० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट १४ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणबाट २९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।
 
त्यस्तै सिंगटीले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं. ३ स्थित सिंगटी बजार नजिक रहेको २५ मेगावाट क्षमताको ‘सिंगटी खोला जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ । यसको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख ६८ हजार रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago