भर्खरै

रुरुको ४ लाख ७ हजार भन्दा बढी आईपीओ आउँदै

  • प्रकाशित मिति : बिही, चैत १२, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, चैत । रुरु जलविद्युत आयोजनाले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन  गर्ने तयारी गरेको छ । 
निजी क्षेत्रबाट प्रवद्र्धित उक्त परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । 
कम्पनीले निष्कासन गर्न लागेको आईपीओको १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर १ कित्ताको १ सय २० रुपैयाँमा सर्वसाधारणले किन्न सकिने जनाइएको छ ।  प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने रुरु पहिलो जलविद्युत कम्पनी हो । 
कम्पनीले निष्कासन गर्ने आईपीओमध्ये ८ हजार १ सय ५४ कित्ता कर्मचारीलाई, २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
 
यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
 
इक्रा नेपाल लिमिटेले रुरुलाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत थालेको हो ।
 

प्रतिक्रिया