भर्खरै

विद्युत् कटौती भएकामा ध्यानाकर्षण

  • प्रकाशित मिति : बुध, चैत ११, २०७७
  • - रासस
title
हुम्ला, चैत । हुम्लामा पछिल्लो समय हिल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रबाट वितरित विद्युत् नियमित रुपमा कटौती भएको भन्दै जिल्लाका मानव अधिकारकर्मीको टोलीद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ ।
 
विगतका वर्षभन्दा यो वर्ष अझ बढी विद्युत् आपूर्तिमा समस्या भएपछि मानवअधिकार रक्षक सञ्जालको टोलीद्वारा यही चैत १० गते जिल्ला प्रशासन कार्यालय हुम्लामा गएर प्रजिअको ध्यानार्कषण गराएको टोलीका संयोजक राजन रावतले बताए । मानवअधिकारका क्षेत्रमा आवाज उठाउनका लागि आज बिहान मानवअधिकार रक्षकको जिल्लास्तरीय सञ्जाल गठन भएको जानकारी गराउँदै ज्ञापनपत्र पेश गराइएको थियो । हिल्दुम साना जलविद्युत्  आयोजनाले दैनिक २० घण्टासम्म विद्युत्भार कटौती गरिरहेको भन्दै सो समितिद्वारा आपत्ति जनाइएको थियो ।
 
  विद्युत्भार कटौती हुँदा उद्योगी, व्यवसायीलाई नोक्सानी   हुनुका साथै सीमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । कार्यालयबाट सर्वपक्षीय बैठक बसालेर समस्याको चाँडोभन्दा चाँडो समाधान गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ । समितिद्वारा बुझाएको ज्ञापनपत्रको सम्मान गर्दै विद्युत् समस्या समाधानको वैकल्पिक विकल्प रोज्नका लागि हिल्दुम साना जलविद्युत्  आयोजनाका प्रमुखसँग समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago