भर्खरै

व्यवसायी संघका वार्षिक साधारण सभा एवं अधिवेशन सम्पन्न

  • प्रकाशित मिति : सोम, चैत ९, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ९ चैत । बिजुली व्यवसायी संघ बाँकेको ९औं वार्षिक साधारण सभा एवं छैठौं अधिवेशन  सम्पन्न भएको छ । गत ७ गते शनिबार स्वस्तिक पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, कोहलपुर बाँकेमा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलको प्रमुख आतिथ्यितामा कार्यक्रम सम्पन्न भएको थियो ।
 
नेपाल विद्युतीय व्यवसायी महासंघको संस्थागत सदस्य संघ बाँकेले आफ्नो ९ औं वार्षिक साधारण सभा एवं छैठौं अधिवेशन सव्य र भव्य रुपमा सम्पन्न गरी लागि सर्वसम्मत नयाँ कार्य समिति चयन गर्न सफल भएको छ ।

प्रतिक्रिया