भर्खरै

सिंगटी हाइड्रो इनर्जीको आईपीओ आजबाट खुला

  • प्रकाशित मिति : शुक्र, चैत ६, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, चैत ।  आजबाट सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधरणका लागि साधारण शेयरको (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित २९ लाख कित्ता शेयर मध्ये ५८ हजार कित्ता अर्थात दुई प्रतिशत शेयर कर्मचारीलाई छुट्याएको छ ।
 
यसले एक लाख ४५ हजार  कित्ता अर्थात पाँच प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँड गरेर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता साधारण शेयरको आजबाट सार्वजनिक निष्कासन गरेको हो । यसको आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुने भएको छ ।
 
सिंगटी हाइड्रो इनर्जीको आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम दुई लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल्स मार्केट्स रहेको छ ।
 
पछिल्लो समय आईपीओमा सर्वसाधारणको आकर्षण बढेकोले माग भन्दा बढी आवेदन पर्ने गरेको छ । यसको आईपीओमा पनि मागभन्दा बढी आवेदन पर्ने हुँदा सर्वसाधारणले १० कित्ता मात्रै आवेदन दिए पनि पुग्छ । यसको शेयर आवेदन भने १० देखि २ लाख कित्तासम्मको लागि दिन पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago