भर्खरै

गाउँमा नजिकै ३० मेगावाट विद्युत उत्पादन, तर २०० घरधुरी अन्धकारमा

  • प्रकाशित मिति : बिही, चैत ५, २०७७
  • - विद्युत संसार संवाददाता
title
बैतडी, चैत । बैतडीको डिलासैनी गाउँपालिका नजिकै ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् गृहबाट विद्युत उत्पादन हुन्छ । तर गाउँबाट करिब चार किलोमिटर दूरीमा रहेको डिलसैनी गाउँमा भने बिजुली पुगेको छैन ।  छेउमै जलविद्युत् आयोजना भए पनि गाउँमा दियालो र टुकी बाल्नुपर्ने बाध्यता छ । गाउँमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्न गोकुलश्वर बजार जानुपर्ने डिलासैनी गाउँपालिकाका–६, ने गाउँका वासिन्दाहरुको पीडा कसले बुझ्दिने ?’
 
ने गाउँका युवा आशिष मालले गाउँमा बिजुलीको माग गरे पनि विद्युत् विस्तारका लागि ल्याइएका पोल त्यत्तिकै अलपत्र छोडिएको बताए । गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न एक घण्टा हिँडेर गोकुलेश्वर बजारको देवझाडी पुग्नु पर्ने बाध्यता रहेको स्थानीय तिलकबहादुर मालले बताए ।
 
मालले भने,“ गाउँमा बिजुली नहुँदा निकै मर्का खेप्नुपरेको छ । छेउमै जलविद्युत् आयोजना भए पनि गाउँमा दियालो र टुकी बाल्नुपर्ने बाध्यता छ । मोबाइल चार्ज गर्न बजार जानुपर्छ । कुटानी पिसानीको काम गर्न पनि समस्या भएको छ ।”
 
गाउँमा बिजुली पु¥याउन सरकारले बजेटको व्यवस्था गरेर टेण्डर आह्वान गरिएको भए पनि ठेकेदारको लापर्बाहीले बिजुलीका पोल अलपत्र अवस्थामा रहेको स्थानीय आशिष मालले बताए ।
 
बैतडी–दार्चुलाको सीमाना बलाँचमा ३० मेघावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि बैतडीका ३० हजार घरधुरीमा बिजुली पुगेको छैन । बैतडीमा ४५ हजार घरधुरी रहेका छन् । हालसम्म १५ हजार घरधुरीमा मात्र बिजुली पुगेको विद्युत् वितरण केन्द्र बैतडीको तथ्याङ्क छ ।
 
८० हजारभन्दा बढी जनसंख्या रहेको बैतडीको पुरचौडी र च्वाँगढ क्षेत्रमा अझै बिजुली पुग्न सकेको छैन । त्यसै गरी, एक लाख हाराहारी जनसंख्या भएको बैतडीको तल्लोस्वराड क्षेत्रमा पनि बिजुली पुग्न सकेको छैन । बिजुली नपुगेका गाउँमा अहिले पनि दियालो र टुकी बाल्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
 
बैतडीमा पहिलो पटक २०४२ सालमा भारतबाट ११ केभी प्रसारण लाइनबाट जिल्ला सदरमुकाममा बिजुली पुगेको थियो । त्यसछि २०४७ सालमा बैतडीको पाटनमा सुर्नयागाड साना जलबिद्युतबाट दुईसय किलोवाट विद्युत् उत्पादन भएको थियो । २०५६ सालमा ३३ केभी राष्ट्रिय प्रसारणलाइन जोडियो । हालः ८ मेघावाटको अपी हाइड्रो पावर र ३० मेघावाटको चमेलिया जलविद्युत् आयोजना बनेपछि बैतडी जिल्लाको आकाशमाथिबाट फालाफाल बिजुली दौडिन्छ तर, बैतडीका ३० हजार घरधुरी अँध्यारोमा  छन् ।
 
जिल्लाको च्वाँगढ, पुरचौडी,तल्लोस्वराड र डिलासैनी क्षेत्रका गाउँपालिकामा विद्युत् पुगेको छैन । विद्युत् नहुँदा अधिकाशं गाउँपालिकाको कामसमेत प्रभावित हुने गरेको छ । गोरखापत्र 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago