भर्खरै

सिंगटी हाइड्रोको २९ करोड रुपैयाँको २९ लाख कित्ता आईपीओ आउँदै, कति कित्ता भर्न पाउने ?

  • प्रकाशित मिति : Fri-12-Mar-2021
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, फागुन । सिंगटी हाइड्रोपावर इनर्जीले यहि चैत ६ गते देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । पछिल्लो समय विभिन्न कम्पनी तथा वित्तीय संस्थाहरुले आईपीओ निष्काशन गरिरहेको समयमा सिंगटी हाइड्रोले पनि निष्कासन गर्न लागेको हो ।  
 
कम्पनीले प्रतिकित्ता १०० रुपैंयाका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता आईपीओे निष्काशन गर्ने भएको हो । जसमा ५८ हजार कित्ता शेयर कर्मचारी र १ लाख ४५ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ भने बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवदेन दिन सक्नेछन् ।
 
आवदेकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । चैत ६ गतेदेखि निष्काशन हुने आईपीओ चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त तोकिएको अवधिभित्रमा मागअनुसारको आवदेन नपरेमा चैत २० गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले केही समयअघि चाँडै आईपीओ निष्काशन गर्ने सूचना जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 10 hours ago