भर्खरै

माथिल्लो तामाकोसीको बिजुली २०७८ बैशाखसम्ममा बल्ने

  • प्रकाशित मिति : Fri-12-Mar-2021
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, फागुन । दोलखाको लामाबगरमा सिभिल तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानपछिका विभिन्न परीक्षण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली नयाँ वर्ष २०७८ सालको उपहारका रूपमा आउने भएको छ ।
पूर्ण स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको यो आयोजना २०७८ बैशाखबाट बिजुली बल्ने भएको हो । 
आयोजनाका केही सामान्य कामबाहेकका सबै निर्माण सम्पन्न भएको र आयोजनाको संवेदनशील संरचना तेर्सो पेनिस्टक पाइप ‘हाइ प्रेसर’मा परीक्षण सफल भइसकेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताए । उनले भने अब आयोजनाको मुख्य संरचना ड्याम र सुरुङमा पानी भरेर परीक्षण गर्ने अन्तिम तयारीमा जुटिरहेको छ ।
 
उनका अनुसार पूर्ण क्षमतामा सुरुङमा र ड्याममा पानी भरेर परीक्षण गर्ने कार्य चैत २३ देखि सुरु हुनेछ । ‘वेट टेस्ट भनिने यो परीक्षणमा हामीले सबै सुरुङको ड्याममा भरेर परीक्षण गर्ने तयारीमा हामी लागेका छौँ,’ यो परिक्षण सक्न करिब १५ दिन लाग्ने छ त्यसपछि हामी सबै टर्बाइनमा क्रमिक रूपमा पानी खसालेर विद्युत् निकाल्ने छौँ।’
 
अहिले विद्युतगृह निर्माण टर्बाइन, ट्रान्सफर्मरको जडान सकिएको छ । आयोजनाको सुरुङमार्गमा पानी भरेपछि त्यहाँको संरचनाले कस्तो प्रतिक्रिया दिन्छ, त्यो हेर्नुपर्ने हुन्छ । त्यस्तै कतै पानी चुहिने समस्या छ छैन हेरिन्छ । समस्या देखिए खाली गरेर मर्मत गर्नुपर्ने हुन्छ ।
 
प्रमुख श्रेष्ठका अनुसार चैत मसान्तभित्र एउटा टर्बाइनबाट भए पनि विद्युत् उत्पादन गर्ने समयसीमा तोकिएको भएतापनि समयसीमाभन्दा पनि चुस्त परीक्षण र निर्माणमा कुनै सम्झौता नगर्ने गरी आयोजनाका अधिकारी तथा प्राविधिकहरूले सक्रियताका साथ काम गरिरहेका छन् । 
‘परीक्षण त्रुटिरहित होस् भन्नेमा हामी सचेत छौं,’ श्रेष्ठले भने, ‘यो पर्याप्त समय लिएर सचेत भएर गर्नुपर्ने काम भएकाले समयसीमाको बन्धनमा हामी बाँधिनु हुँदैन ।’
पाँच वर्षमा निर्माण सम्पन्न गर्ने भन्दै २०६७ भदौ देखि  मुख्य  निर्माणको काम  थालिएको    पनि विभिन्न खाले राजनीतिक तथा सामाजिक अवरोध, भूकम्प, भारतीय  नाकाबन्दी देखि  ठेकेदार कम्पनीको कमजो रीले आयोजना पछाडि धकेलिएको थियो ।
 
बग्ने नदी अर्थात् रन अफ द रिभरमा आधारित ४५६ मेगावाट क्षमताको यो आयोजनाबाट वार्षिक औसत दुई हजार २८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने लक्ष्य छ । कुल ६६ घनमिटर प्रतिसेकेन्ड बहावमा डिजाइन गरिएको यो आयोजनाको बाँध क्षेत्र मात्र एक हजार ७४५ वर्गमिटर छ ।
 
जहाँ १२ लाख घनमिटरसम्म पानी जम्मा गर्न सकिन्छ । भूमिगत विद्युतगृह रहेको यो आयोजनामा मुख्य सुरुङ मात्रै आठ दशमलव ८६ किलोमिटर छ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजना निर्माण गर्दा निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपियाँ निर्धारण गरिएको थियो तर निर्माण अवधि लम्बिँदै जाने, अमेरिकी डलर पनि महँगिँदै जाँदा आयोजनाको लागत भने बढेको आयोजनाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago