चिनी रोगसँग जिउने पुस्तक सार्वजनिक

  • प्रकाशित मिति : Wed-10-Mar-2021
  • - विद्युत संसार संवाददाता
title

काठमाडौंं २६ फागुन । डा.ज्योति भट्टराईले चिनी रोगसँग जिउने तरिका नामक पुस्तक सार्वजनिक गर्नुभएको छ । डा. भट्टराईले पुस्तक सार्वजनिक गर्दै यो पुस्तक मुलुक भरिका अंग्रेजी भाषा नजान्ने र अंग्रेजी मात्रै जान्ने सबै नेपालीका लागि मातृभाषमा लेखिएको चिनिरोग सम्बन्धि पुस्तक हो । भन्नुभयो ।
डा. भट्टराईका अनुसार यस पुस्तकको मुल उद्धेश्य भनेको चिनी रोग लाग्नै नदिने के गर्ने, यदि लागि हालेमा रोगसँग कसरी लड्ने भन्ने विषयमा हरेक नागरिक सामु जानकारी दिन यो पुस्तक बजारमा ल्याएको बताउनुभयो ।
 
 उहाँले भन्नुभयो रोगलाई न्यूनिकरण गर्नका लागि मोटोपन कम गर्ने, जंगफुडको कम मात्रामा प्रयोग गरी आफ्नो घरमा नै उत्पादन हुने खाद्यन्नको प्रयोग गर्दा यस रोगबाट बच्न सकिन्छ । रोगको उपचारका विधि पद्धतिका विषयमा चर्चा गरी स्वस्थकर जीवन जिउने तरिकाहरुको बारेमा पुस्तकमा उल्लेख गरिएको चर्चा गर्नुभयो ।
 
डा.ज्योति भट्टराई मेट्रो अस्पताल महाराजगञ्जमा कार्यरत हुनुहुन्छ । 

प्रतिक्रिया