भर्खरै

परीक्षणको तयारीमा बर्दघाट सब–स्टेसन

  • प्रकाशित मिति : Mon-08-Mar-2021
  • - Admin
title

नवलपरासी २४ फागुन । पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणाधीन न्यु बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सबस्टेसनको निर्माण कार्य परीक्षणको चरणमा पुगेको छ । कोभिड–१९ का कारण लामो समय निर्माणको काम रोकिएको भए पनि पछिल्लो समय तीव्रता पाएपछि अहिले परीक्षणको चरणमा पुगेको हो ।
 
न्यु बुटवल–बर्दघाट प्रसारण लाइनको सबस्टेसन परियोजनाका सूचना अधिकृत अशोक पोखरेलले विद्युत् सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।
 
सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा करिब २० बिघा क्षेत्रफलमा न्यु बुटवल–बर्दघाट प्रसारण लाइन आयोजनाको सबस्टेसन निर्माणको काम भइरहेको छ ।
 
आयोजनाका इन्जिनियर आनन्द सुवेदीले अब सबस्टेसन परीक्षणको चरणमा पुगेको बताउनुभयो । अहिलेसम्म सबस्टेसनमा एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका विद्युत् टावर, कन्ट्रोल रुम, यन्त्रको जडान, क्वार्टर, स्टोर, सुरक्षा पोस्ट एवं आवास, ट्रान्सफार्मर स्टेसनलगायतका अधिकांश संरचना बनाउने काम सकिएको छ । सबस्टेसन निर्माणको काम भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडले लिएको छ । एक अर्ब ८० लाख रुपियाँको लागतमा बन्न लागेको विद्युत् सबस्टेसनले कालीगण्डकी क्षेत्रबाट उत्पादित विद्युत् मध्यतराईका सहरमा प्रसारण गर्नेछ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 6 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 11 hours ago