केही दिन चिलिमेको विद्युत् उत्पादन बन्द

  • प्रकाशित मिति : Sun-07-Mar-2021
  • - Admin
title

रसुवा, फागुन । रसुवा जिल्लामा निर्माण सम्पन्न भएको २२ मेगावाटको चिलिमे विद्युत् आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । 
चिलिमे जलविद्युत केन्द्रमा विद्युत उत्पादन गर्न जडान गरिएका पुरानो उपकरणहरु परिवर्तन गरी नयाँ उपकरणहरु जडान गर्ने काम शुरू भएकाले आइतबारदेखि उत्पादन बन्द भएको कम्पनीले जनाएको छ । 
 
केन्द्रका प्रमुख मनिष विष्टका अनुसार प्रयोग भइराखेको उपकरण परिवर्तन गराउन द्रुतरूपमा काम अगाडि बढिरहेको र चार÷पाँच दिन विद्युत उत्पादन बन्द  हुने बताए । चार÷पाँचभित्र जडान सम्पन्न गरी पुनः यथावतरूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको उनको भनाई छ । 
 
विसं २०६० भदौ ८ गतेबाट उत्पादन शुरू भएको २२ मेगावाट उत्पादन क्षमताको विद्युत्गृहमा जडित उपकरण निकै पुरानो भएकाले बीचबीचमा पर्न सक्ने असरलाई मध्यनजर राखी उत्पादनकार्य निरन्तर सहज पार्न उपकरण फर्न लागेको केन्द्र प्रमुख विष्टले जानकारी दिए । 
छिटोभन्दा छिटो उपकरण जडान कार्य सम्पन्न गराउन कार्यरत प्राविधिक अहोरात्र खटिरहेका छन् । रु दुई अर्ब ६४ करोडको लागतमा निर्माण भएको चिलिमे जलविद्युत् आयोजनाको दुई हजार ८२६ मिटर हेडरेस सुरूङ रहेको छ ।

प्रतिक्रिया