भर्खरै

चार जलविद्युत् आयोजना निर्माणाधीन, चालु आ.व भित्र राष्ट्रिय प्रसारणमा जोड्ने तयारी

  • प्रकाशित मिति : Fri-05-Mar-2021
  • - रासस
title
पर्वत, फागुन । पर्वतको मोदी गाउँपालिकामा तल्लो मोदी, तल्लो मोदी दुई, मध्यमोदी र पैयुँ गाउँपालिकास्थित सेतीखोला गरी चार वटा आयोजना निर्माणाधिन अवस्थामा छन् ।
मोदी इनर्जी कम्पनीले निर्माण गरिरहेको ती आयोजनाहरुबाट कुल ५० मेगावाट विद्युत उत्पादन हुनेछ । यो आयोजना चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ ।
 
ऊर्जा खोलाको रुपमा परिचित मोदीखोलामा तीन र दक्षिण क्षेत्रको सेतीखोलामा एउटा गरी थप चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । 
ती आयोजनामध्ये तल्लो मोदी २० मेगावाट, मध्यमोदी १५ दशमलव एक मेगावाट, तल्लो मोदी दुई आयोजना १० मेगावाट र सेतीखोलामा साढे तीन मेगावाट क्षमताको रहेका छन् । 
 
यी आयोजनाहरुबाट आयोजनाबाट विसं २०७५ मङ्सिरमा नै विद्युत् उत्पादन गर्ने तालिर्को भएतापनि सुरुङमा देखिएको प्राविधिक समस्या, तार टाँग्दा भएको झण्झट, कर्मचारीको आन्दोलन, देशमा भएका विभिन्न खाले विपत्तिका लगायतका विविध समस्याले आयोजना समयमा नै सम्पन्न  हुन नसकेको आयोजनाले जनाएको छ ।  
 अब आयोजनाको काम सकेर परीक्षणको अन्तिम तयारीमा रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले जानकारी दिए । शुरुमा रु तीन अर्ब ५० करोड खर्च हुने अनुमान गरिएकोमा सुरुङको समस्या तथा ढिलाइलगायत कारणले आयोजनाको लागत बढेको उनको भनाई छ । 
त्यस्तै नदी बेसिनमा मध्यमोदी हाइड्रोपावर कम्पनीमार्फत चौधरी ग्रुपको लगानीमा मध्यमोदी आयोजना निर्माण भइरहेको यो आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । विसं २०७० असार ७ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको आयोजना सम्पन्न गर्न करीब रु दुई अर्ब ८० करोड लाग्ने अनुमान छ । 
कुनै अवरोध नभए यो आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी–२ निर्माण गरिरहेको छ । 
पहिले १० मेगावाटको तल्लो मोदी–१ आयोजनाको निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले यो आयोजना निर्माण गरिरहेको हो । यो तल्लो मोदी–१ को क्यासकेड आयोजना रहेको निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो । कम्पनीले यो आयोजना अघि बढाउन विसं २०७४ मा उत्पादन अनुमतिपत्र प्राप्त गरेको थियो । 
 
निर्माणाधीन मोदी बेसिनका तीन आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोडिने छ । यसैगरी सेतीखोलामा पैयुँखोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सेतीखोला जलविद्युत् आयोजनाले विसं २०७४ मा उत्पादन अनुमतिपत्र लिएको थियो । उक्त आयोजनाको कामले यो वर्ष गति लिएको छ । चार दशमलव ७३ मेगावाटको भुरुङदी खोला साना जलविद्युत् आयोजना भने अध्ययनकै क्रममा छ । यो आयोजना अमरावती हाइड्रोपावर कम्पनीले अध्ययन गरिरहेको हो । 
 
मोदी बेसिनमा यसअघि निर्माण सम्पन्न भएका २५ मेगावाटका तीन जलविद्युत् आयोजना सञ्चालनमा छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १४ दशमलव आठ मेगावाटको मोदीखोला, १० मेगावाटको तल्लो मोदी–१ र एक मेगावाटको पातीखोेलाले विद्युत् उत्पादन गरिरहेका छन् । त्यस्तै सुपर मोदी र अपर मोदी पनि निर्माणको प्रक्रियामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago