भर्खरै

कटाक्षेमा निर्माणाधीन विद्युतगृहको काम तीव्रगतिमा

  • प्रकाशित मिति : Tue-02-Mar-2021
  • - रासस
title
भजनी, फागुन । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माणाधीन विद्युत्गृहको काम यही असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । 
 
४ दशमलव ७३ मेगावाट क्षमताको विद्युत्गृह निर्माणको काम सुयू टुण्डी जेभीले गर्दै आएको छ । सन् २०१७ सालमा योजनाको काम सम्पन्न गर्नुपर्ने भए पनि गत वर्षदेखि मात्र विद्युत्गृह निर्माणको कामले तीव्रता पाएको थियो । आयोजनाले गत आर्थिक वर्षसम्म जसरी पनि सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना सङ्क्रमणका कारण निर्माणको काममा अवरोध हुँदा विद्युत्गृहको प्रवेशद्वारबाट वैशाखभित्रै पानी हाल्ने गरी काम अगाडि बढाइएको आयोजनाका सिनियर डी इन्जिनीयर विराट ज्ञवालीले बताउनुभएको  छ  । 
 
“वैशाखमा पानी चलाउन सक्छौँ । त्यहीअनुसार निर्माणको काम अगाडि बढेको छ”, इन्जिनीयर ज्ञवालीले भन्नुभयो, “विद्युत् उत्पादन भने असार मसान्तसम्म गर्ने गरी योजना बनाएका छौँ । आवश्यक सामग्रीहरुको आयात भइसकेको छ । अब जडान गर्ने काम हो । त्यसमा धेरै समय लाग्दैन ।” उहाँले  आयोजनाको ५० प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै रानी जमराअन्तर्गतको काम करीब अन्तिम चरणमा पुगेको र  कुलरियाअन्तर्गतको काममा ढिलाइ भएको बताउनुभयो । 
 
इन्जिनीयर ज्ञवालीले पुरानो स्टिमेटअनुसार १४ हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि आयोजनाले काम गरेको बताउँदै पछि १८ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएका कारण पनि काममा केही ढिलाइ भएको बताउनुभयो । “टीकापुर क्षेत्रका काम अन्तिम चरणमा पुगेको छ । लम्की क्षेत्रमा भने धेरै काम गर्न अझै बाकी छ”, ज्ञवालीले भन्नुभयो, “मुआब्जा र जङ्गल कटानीको प्रक्रियामा धेरै समय लागेका कारण पनि ढिलाइ हुन पुगेको हो ।”
 
सुयू टुन्डी जेभीका इन्जिनीयर राज बस्नेतले विद्युत्गृहको ८५ प्रतिशत काम सम्पन्न भएको बताउँदै वैशाखसम्म विद्यृत्गृहका गेटबाट पानी सप्लाइ गर्ने गरी आयोजनाको काम अगाडि बढेको बताउनुभयो । “आयोजना र हामीले संयुक्तरुपमा बसेर कामको योजना बनाउने  गर्छौं र त्यही  योजनाअनुसार हामीले काम गर्ने हो”, उहाँले भन्नुभयो,  “असार मसान्तसम्म विद्युत्गृहको सम्पूर्ण काम सक्ने गरी काम गर्दै आएका छौँ । सम्भवतः असार मसान्तसम्म विद्युत् उत्पादन गर्न हामी सफल हुन्छौँ ।”
 
गत मङ्सिर ११ गते राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीलगायतका टोलीले आयोजनाको अनुगमन गरेको थियो । अनुगमनमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसूधन अधिकारी, प्रधानमन्त्री विकास व्यवस्थापनविज्ञ गजेन्द्रप्रसाद थपलियालगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख केदार श्रेष्ठले वैशाखभित्र मूल नहरको औपचारिक उद्घाटन र असार मसान्तसम्म विद्यृतगृहको उद्घाटन गरिने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago